2026-10-14 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि

2026-10-14

काठमाडौँ | आइतबार गोरखास्थित बुढीगण्डकी नदीमा भीषण बाढी आउनुको कारण पहिरो मुख्य कारण रहेको देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी लगत्तै त्यस क्षेत्रमा अनुसन्धान गरेको थियो। सोही अनुसन्धानबाट बाढी आउनुको कारण हिमताल फुटेको नभई पहिरो कारण देखिएको हो।

प्रतिवेदनअनुसार चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोला (चामर हिमाल र स्येराङ्गी हिमाल) बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा रहेको इबेटन टेथिस हिमालयमा पाइने कमजोर चट्टानबाट करिब ६ हजार मिटर उचाइमा हिमपहिरो र करिब पाँच हजार पाँच सय मिटर उचाइमा रहेको हिउँ तथा गेग्रानसहितको ठूलो पहिरो सिर्जना भएको हो। प्रतिवेदनअनुसार आइतबार बिहान ४:२० बजे नै पहिरो खसेको र पहिरो उङ्दिलुङ खोला र स्यार खोलाको साघुरो दोभानमा धेरै मात्रामा एकै पटक गेग्राान जम्मा हुँदा स्यार खोलाको पानीको बहाव अवरुद्ध हुने र खुल्ने भएको थियो। यो प्रक्रिया निरन्तर चलेको र यसका कारण तल्लो क्षेत्रमा रहेको बुढीगण्डकीमा पटकपटक बाढी आएको प्रतिवेदनमा उल्लेख छ।

लेदोसहितको बाढी करिब ४:३० बजे सल्लेरी पुगेको र उक्त बाढीको सबैभन्दा ठूलो सतह करिब २०-२५ मिटर सल्लेरीमा रहेको हाइड्रोपावर क्याम्पमा पुगी करिब ६:३० बजे बगाएको छ। उक्त सबैभन्दा ठूलो बाढीको सतहका कारण केही भवनहरू तथा सोती खोला र बूढीगण्डकीमा रहेको पक्की पुललगायतका संंरचनामा मुख्य क्षति पुगेको छ। ‘बाढीको सतह सिर्जना हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको ठूलो गेग्रानको भूमिका उल्लेखीय रहेको थियो’, प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सोही क्षेत्रमा ३.५ म्याग्निच्युट बराबरको भूकम्पीय शक्तिसमेत उत्पन्न भएको थियो।

बाढीका कारण हालसम्म चार पुरुष र दुई महिला बेपत्ता छन्। बाढीका कारण दुई पक्की, पाँच झोलंगु, एक बेलिब्रिज र क्यानटिलिभर पुलमा क्षति भएको छ। तीन जलविद्युतमा क्षति पुग्नुका साथै एक विद्यालय र १४० देखि १५० वटा चौपाया बगाएको प्रतिवेदनमा उल्लेख छ। बाढी बस्तीमा पस्दा चुमनब्री वडा नम्बर ३ स्थित सिद्धिबासमा १, सल्लेरीमा ७ देखि ८ र घट्टेखोलामा ४ घर बगेका छन्। धार्चे ३ स्थित तातोपानीमा २, आरुघाट ३ र सोतीमा १ घर बगेका छन्। प्राधिकरणको प्रतिवेदनअनुसार दुई खोला थुनिनु नै बाढी आएको हो। तर त्यबेला भूकम्प समेत मापन भएको थियो। ‘भूकम्पीय शक्ति मापन भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने