2026-10-14 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग

2026-10-14

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै सुनारले महिलामाथि गरेको आपत्तिजनक टिप्पणी, अभद्र व्यवहार र ज्यान जाने खतरासहितको धम्कीपूर्ण अभिव्यक्तिप्रति कडा भर्त्सना गरेका हुन्।

विज्ञप्तिमा उक्त व्यवहारलाई महिलामाथिको चरम हिंसाको संज्ञा दिँदै सहकर्मी महिला सांसदहरूमाथि समेत यस्तै व्यवहार हुन सक्ने भन्दै सुनारलाई तुरुन्त निलम्बन गर्न माग गरिएको छ।‘हामी समग्र महिला सांसदहरू कुनै पनि किसिमको कार्यक्रममा खगेन्द्र सुनारसँग सहकार्य गर्ने छैनौँ,’ विज्ञप्तिमा भनिएको छ। रास्वपाका महिला सांसदहरूले उनलाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णयसमेत गरेका छन्।

महिलाको मर्यादा, सुरक्षा र सम्मानमाथि आक्रमण गर्ने व्यवहार संसदीय मर्यादा र पार्टीको मूल्यमान्यताविपरीत रहेको उल्लेख गर्दै उनीहरूले यस विषयमा पार्टीले कडा कारबाही गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्। विज्ञप्तिमा प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट निर्वाचित महिला सांसदहरूको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने