2026-10-28 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ

2026-10-28

काठमाडौँ | पर्यटक भिसामा नेपाल आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा दश जना विदेशी नागरिकको कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानीलगायत कागजात आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको गृहमन्त्री सुदन गुरुङको सचिवालयले जनाएको छ। यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक सहभागी थिए।

सहभागीमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेको सचिवालयको भनाइ छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको अवधि नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ। शिविरको तयारी पास्टर पावेल दंगालले गरेको बताइएको छ। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पनि क्रिश्चियन धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो। स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छ वटा साना ठूला भवन निर्माण गरेको बताइएको छ।

तर, ती भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विषयमा विवाद उत्पन्न भएको थियो। उक्त विवादपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको दाबी गरिएको छ। हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ