
काठमाडौँ | सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले ९.१ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेट लिएका छन्। उनले कुशल भुर्तेललाई २१ रनमा आउट गराएका हुन्। कुशलले १७ बलमा २१ रन बनाए। पोखराका लागि शाकिब अल हसन ११ बलमा १० रन बनाएर क्रिजमा छन्। उनले एक चौका प्रहार गरेका छन्।
सुदूरपश्चिमका दीपेन्द्रले १.१ ओभरमा चार रन खर्चेर एक विकेट लिएका छन्। सैफ जैबले दुई ओभरमा १३ रन दिएका छन्।