2026-10-28 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

2026-10-28

काठमाडौँ | नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् ।

“चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षासमेत भएको थियो,” उनले भनिन्, “चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ ।”

महर्जनका अनुसार यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महर्जनले बताइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ ।

मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् । विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उनले सुझाव दिइन् । वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ