2026-09-15 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ ३ मा चुनाव जित्न कांग्रेसको भित्री सेटिङ्ग, कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा

मंसिर १, दाङ । कांग्रेसले दाङ ३ का कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ । 

कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न नपाइने नियम भए पनि कांग्रेसले भित्रभित्रै सेटिङ्ग मिलाएर निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ । निर्वाचन अधिकृत तोक्ने निकाय न्याय परिषदलाई कांग्रेसले दवाब दिएर कानुन बिपरित दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रको मतदाता समेत रहेका उप न्याधिवक्ता चक्रदेव आचार्यलाई निर्वाचन अधिकृत तोकेपछि विवाद भएको हो ।

आचार्य तुलसीपुर उपमहानगरपालिका २ नम्बर वडावासी हुन् । उनको क्रमसंख्या ६ सय १५ हो भने, मतदाता नम्बर ३७२४१७७ हो । सम्बन्धित क्षेत्रका व्यक्तिलाई निर्वाचनमा खटाउँदा निर्वाचनको निष्पक्षमा प्रश्न उठ्ने भएकाले जिल्ला बाहिरका कर्मचारीलाई खटाउने कानूनी प्राबधान छ तर जानी-जानी सोहि क्षेत्रका मतदातालाई नै निर्वाचनमा खटाउनु गैरकानुनि मानीएको छ ।

उक्त क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिसधा र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र डिल्ली चौधरी प्रदेशसभामा कांग्रेसबाट उम्मेदवार छन् । वापमन्थी गठबन्धनबाट हिराचन्द्र केसी उम्मेदवार छन् । आचार्यलाई प्रधानमन्त्रीको दबाबमा न्याय परिषदले सोही क्षेत्रमा निर्वाचन अधिकृत तोकेको आरोप छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सम्बन्धित जिल्लाका कर्मचारीलाई समेत निर्वाचनको महत्वपूर्ण जिम्मेवारी दिन नमिल्ने कानूनी व्यवस्था भएको भन्दै त्यहीं क्षेत्रकै मतदातालाई निर्वाचन अधिकृत तोक्नु कानून सम्मत नभएको बताएका छन् । 

बिपक्षीले दाङ ३ मा चुनाव जित्न कांग्रेसको भित्री सेटिङ्ग रहेको भन्दै कानून बिपरीत निर्वाचन अधिकृत तोकेर कांग्रेसले आफ्नो असली रुप देखाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ