
काठमाडौँ | दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर एनपीएल खेल्नका लागि आज बिहान काठमाडौँ आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा उनी कर्णाली याक्सबाट खेल्नेछन्। त्रिभुवन विमानस्थलमा कर्णाली याक्सका व्यवस्थापकसहितका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए। जारी तेस्रो संस्करणमा तीन खेलमध्ये दुई खेल जित्दै कर्णाली बलियो अवस्थामा छ।
३७ वर्षीय बायाँ हाते ब्याटर मिलरको उपस्थितिले कर्णाली अझै बलियो बन्ने आकलन छ। कर्णालीले शुक्रबार आफ्नो चौथो खेल सुदूरपश्चिमसँग खेल्दै छ।