२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनावमा खटिने कर्मचारीलाई रोल्पाका प्रजिअले भने- ‘राजनीतिक तटष्थता अपनाउनु होला’

२ मंसिर २०७४, शनिबार ०५:३३

कविता उपाध्याय/मङ्सिर २, रोल्पा । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले चुनावमा खटिने कर्मचारीहरुलाई राजनीतिक तटष्थता अपनाउन निर्देशन दिनुभएको छ । 

जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा उद्योग बाणिज्य संघ रोल्पाको हलमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बुधबार र बिहिबार दुई दिनसम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 


यसैवीच डा. भट्टराईले भन्नुभयो “ तपाइहरुले कुनैपनि राजनीतिक पार्टी वा उम्मेदवारहरुलाई जिताउने हराउने चिन्ता नलिनुहोला । तपाइहरुको मुख्य जिम्मेवारी भनेको निर्वाचन सफल पार्नका लागि निष्पक्ष, तटस्थ र पारदर्शी रुपमा मतदाताहरुलाई मतदान गर्ने वातावरण मिलाउनु नै हो । ” यस विषयमा तपाईहरु गम्भीर बन्नुहोला । 

उहाँले  मतदानमा तोकिएका कुनैपनि कर्मचारीहरुको गलत गतिविधि देखिएमा तत्काल खबर गर्न समेत मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । 

साथै प्रजिअ भट्टराईले कुनै समस्या आएमा कर्मचारीहरुलाई विचलित नहुन पनि सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो “तपाइहरु एक्लो हुनुहुन्न । सुरक्षा ब्यवस्था कडा पारिने छ । ढुक्क भएर काम गर्नुहोला केही परिहाले आत्तिन जरुरी छैन । तपाईलाई जति चिन्ता छ त्यो भन्दा बढी हामी चिन्तित छौं । ”


यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले तालिमका सहभागीहरुलाई सानासाना कुराहरुमा पनि एकदमै समवेदनशील बन्न सुझाव दिनुभयो ।  उहाँले भन्नुभयो “तपाइहरु आफ्नो कर्तब्य इमान्दारीताका साथ सम्पन्न गरेर निर्वाचन सफल पारेर फर्कनुहुनेछ भन्ने कुरामा म आशावादी छु । ”


दुई दिनसम्म चलेको तालिममा जिल्ला समन्वय अधिकारी सुशील बैद्य, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे, वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ र जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा निर्वाचन केन्द्रिय अनुगमन टोलीका प्रमुख सहसचिव रामप्रसाद घिमिरे, खड्गदल गण रोल्पाका गणपति प्रमुख सेनानी अजय गुरुङ, प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल, सशस्त्र प्रहरी नायव उपरिक्षक लालबहादुर शाही, प्रमुख अनुसन्धान अधिकृत मनोज ढकाल लगायतको उपस्थिति रहेको थियो । 

तालिममा मतदान अधिकृतहरुलाई निर्वाचनका समयमा आवश्यक पर्ने सम्पूर्ण प्रकृयाका साथै नमूना मतदान समेत गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य