2026-11-16 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला

2026-11-16

काठमाडौँ | धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६० वर्षीय रामजतन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव धनी पोखरीमा छठघाट निर्माण गरी आइतबार राति एक्लै कुर्न बसेको र सोमबार बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटिएको जस्तो चोट देखिएको र घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको कमान्डमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी खनालले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको र घटनास्थलबाट अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । यादवलाई स्थानीयवासीले ‘म्यानेजर’ नामले समेत बोलाउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ : शंकर पोखरेल रास्वपाले कानुनी प्रक्रिया नजान्दा अघिल्लो स्थानीय चुनावमा भाग लिन पाएन : शंकर पोखरेल परराष्ट्रमन्त्री खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेट्न सर्लाही पुगे सभामुख अर्याल बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता तीन देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कांग्रेस सुदूरपश्चिम अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला लगातार घट्दै सुनको मूल्य, आज तोलामा १,१०० रुपैयाँले गिरावट; चाँदी पनि घट्यो नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेट, छोराको पढाइको जिम्मा लिने प्रतिबद्धता विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य