2026-11-16 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन

2026-11-16

काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन्। सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा उपलब्ध गराएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने उल्लेख गरे। बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए। हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उनले उल्लेख गरे।

उनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए। नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ : शंकर पोखरेल रास्वपाले कानुनी प्रक्रिया नजान्दा अघिल्लो स्थानीय चुनावमा भाग लिन पाएन : शंकर पोखरेल परराष्ट्रमन्त्री खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेट्न सर्लाही पुगे सभामुख अर्याल बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता तीन देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कांग्रेस सुदूरपश्चिम अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला लगातार घट्दै सुनको मूल्य, आज तोलामा १,१०० रुपैयाँले गिरावट; चाँदी पनि घट्यो नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेट, छोराको पढाइको जिम्मा लिने प्रतिबद्धता विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य