2026-11-16 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

2026-11-16

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री वाग्लले नेपालको अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनुपर्ने उनले बताए । त्यस्तै, उनले बैंकले जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको धारणा राखे । मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउँदै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । नेपाल बैंक लिमिटेडको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उनको भनाइ छ ।

उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सवलीकरण र वित्तिय स्थायीत्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ : शंकर पोखरेल रास्वपाले कानुनी प्रक्रिया नजान्दा अघिल्लो स्थानीय चुनावमा भाग लिन पाएन : शंकर पोखरेल परराष्ट्रमन्त्री खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेट्न सर्लाही पुगे सभामुख अर्याल बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता तीन देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कांग्रेस सुदूरपश्चिम अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला लगातार घट्दै सुनको मूल्य, आज तोलामा १,१०० रुपैयाँले गिरावट; चाँदी पनि घट्यो नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेट, छोराको पढाइको जिम्मा लिने प्रतिबद्धता विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य