
काठमाडौँ | मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदी आज ३ हजार ४९० रुपैयाँमा झरेको छ ।