काठमाडौँ | नेकपा (एमाले) का मनोनीत तीन केन्द्रीय सदस्यले शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले तीनै केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
शपथ लिनेहरूमा नरेन्द्र भट्टराई, सीता अधिकारी र पोल्देन छोपाङ गुरुङले रहेका छन्। यसअघि असोजमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।