2026-11-17 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता

2026-11-17

काठमाडौँ | स्वास्थ्यमन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन्। मन्त्री मेहताले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिँदै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी हुन्। उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते शान्तनु ढकालको शल्यक्रियाबारे आफू निरन्तर जानकार रहेको पनि बताइन्।

मन्त्री मेहताका अनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार प्रचलित कानुनी व्यवस्थाबमोजिम भइरहेको छ। उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक भुक्तानी तथा सोधभर्नाको प्रक्रिया अघि बढाइनेछ। उनले कुनै पनि घाइते आर्थिक अभावका कारण आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने बताएकी छन्।

त्यस्तै, थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेहरूको उपचार व्यवस्थापनका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएकी छन्। यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ। घाइतेहरूको स्वास्थ्योपचार र शीघ्र स्वास्थ्यलाभ सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री मेहताले आवश्यक उपचार, सहयोग र समन्वयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएकी छन्। उनले शान्तनु ढकालसहित उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र नागरिकको हितका लागि उनीहरूले पुर्‍याएको योगदान तथा देखाएको साहसप्रति सम्मान व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी