Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जिप दुर्घटनामा बेहुलाबेहुली सहित ७ जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, काठमाडौँ | रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो ।

बेहुला बेहुलीको मृत्यु

घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् ।

घटनामा मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको छ ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।  नयाँ पत्रिकाबाट