२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटनामा बेहुलाबेहुली सहित ७ जनाको मृत्यु

९ मंसिर २०७४, शनिबार ०१:४२

मङ्सिर ९, काठमाडौँ | रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो ।

बेहुला बेहुलीको मृत्यु


घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् ।

घटनामा मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको छ ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन