२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षकसहित सातको मृत्यु

२०७४, ९ मंसिर शनिबार ०५:२२

मङ्सिर ९, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ । 

रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उहाँका बुबा शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल रहेका छन् । 


मृतक नविन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान दुबै जना प्रहरी निरीक्षक हुन् । नवीन र अनिताको तीन दिनअघि मात्र विवाह भएको थियो । बिहे सकेर काममा फर्किदै गर्दा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका जिप चालक दाङ घर भएका प्रेम रजौरिया, सहचालक रुकुम काँफिकोट गाउँपालिका–७ का प्रेम केसी र बर्दियाका टेकबहादुर खत्रीलाई जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । 

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । 

अस्पताल परिसरमा आफन्तको भीड लागेको छ । प्रहरी निरीक्षक नवीनको आमाबुबा इटहरीबाट आएपछि मात्र शव परीक्षण गरिने भएकाले केही ढिला भएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा