2026-09-15 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

“घर पुनःनिर्माणमा जस्ले पहल गर्छ, उसैलाई भोट”

मङ्सिर ९, पाल्पा । चुनावी सरगर्मी बढ्दै जाँदा गाउँगाउँमा विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार पुगेका छन् । 

दलका नेता कार्यकर्तालाई चुनावी रौनकताले छाएको छ भने पाल्पा सहलकोटका भूकम्पपीडितलाई भने घर बनाउने चिन्ताले सताएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पले सहलकोटको सुकेकोट क्षेत्रमा ५७ घरमा क्षति पुगेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि यहाँका पीडितले अहिलेसम्म घर बनाउने अनुमति पाएका छैनन् । अहिले निर्वाचनका बेला गाउँ पसेका नेता कार्यकर्तालाई उनीहरु भन्छन्— “जसले घर पुनःनिर्माणका लागि पहल गर्छ, उसैलाई भोट दिने छु ।” 

भूकम्पले सहलकोटको सुकेकोटमा ठूलो भौतिक क्षति पुगेको थियो । तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री एवं हाल वाम गठबन्धनबाट क्षेत्र नं १ पाल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले यस गाउँलाई नमूना बस्तीका रुपमा विकास गर्न पहल गर्ने स्थानीयलाई आश्वासन दिए पनि अहिलेसम्म घर पुनः निर्माणको प्रक्रिया अगाडि नबढ्दा स्थानीय आक्रोशित बनेका छन् । 

यहाँका मतदाता भन्छन्, “जस्ले घर पुनःनिर्माणका लागि प्रतिबद्धता जनाउँछ, उसैलाई निर्वाचनमा मतदान गर्छौं” । पुनः निर्माणका लागि पहिलो किस्ता आए पनि प्राविधिक अहिलेसम्म गाउँ फर्केका छैनन् । 

देश यतिबेला चुनावमय बनेको छ तर यहाँका स्थानीवासीलाई भने अबको हिउँदको जाडो कसरी कटाउने भन्ने पिरलो छ । चुनावका बेला गाउँमा आएका नेतासँग भूकम्पपीडितले घर बनाउन पहल छिटो गरिदिन माग गरिरहेको स्थानीय युवा उमेशकुमार गाहा बताउनुहुन्छ । 

मनबहादुर रानालाई जाडो लागिसकेको हँुदा अबको हिउँदको समय रात कसरी कटाउने भन्ने मनमा भारी चिन्ता छ । उहाँका चार छोराछोरी र वृद्ध बुबा हुनुहुन्छ । चिसोको कारण रात बिताउन गाह्रो भएको रानाले बताउनुभयो । 

टहरामा बास बस्दै आउनुभएका गोवद्र्धन दर्जी अघिल्लो वर्षको जाडोमा चिसोकै कारण लामो समयसम्म बिरामी पर्नुभयो । “जताततै चुनाव लाग्यो, हामीलाई त चुनावको भन्दा पनि घर कहिले बन्ला भन्ने पिरले सताउन थाल्यो”– उहाँले भन्नुभयो — “टहराबाट निस्किएर घरमा ओत लागेर रात कटाउन पाए चिसोले सताउने थिएन ।” 

सरकारले बनाउँदैनाँै भनेको भए पनि हामी आफैँले बनाई सक्थ्याँै, अनुदानको लागि समय पर्खेको यतिका समयमा बल्ल पहिलो किस्ता आएको स्थानीय भुमबहादुर रानाको भनाइ छ । पुनःनिर्माण प्राधिकरणले गरेको सर्वेक्षणअनुसार सुकेकोट क्षेत्रमा ५७ घर पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । 

दुई तिहाइलाई पहिलो किस्ता 

पाल्पाका भूकम्प प्रभावित परिवारमध्ये दुई तिहाइ पीडित परिवारलाई पुनःनिर्माणअन्तर्गतको पहिलो किस्ता प्रदान गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्यांकअनुसार पाल्पामा चार हजार ६५२ घर पुनःनिर्माणका लागि छनोट भएको थियो । जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै दुई तिहाइ परिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण गरिएको छ । अन्य बाँकी केहीको कागजी प्रक्रिया नमिल्दा पहिलो किस्ता रोकिएको उहाँले जानकारी दिनुभयो । 

साथै जिल्लाका केही स्थानमा पुनःनिर्माणका लागि सिकर्मी तालीम सम्पन्न भइसके पनि पुनःनिर्माण प्राधिकरणले अझै प्राविधिक जिल्लामा खटाएको छैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ