२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

“घर पुनःनिर्माणमा जस्ले पहल गर्छ, उसैलाई भोट”

९ मंसिर २०७४, शनिबार ०६:०३

मङ्सिर ९, पाल्पा । चुनावी सरगर्मी बढ्दै जाँदा गाउँगाउँमा विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार पुगेका छन् । 

दलका नेता कार्यकर्तालाई चुनावी रौनकताले छाएको छ भने पाल्पा सहलकोटका भूकम्पपीडितलाई भने घर बनाउने चिन्ताले सताएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पले सहलकोटको सुकेकोट क्षेत्रमा ५७ घरमा क्षति पुगेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि यहाँका पीडितले अहिलेसम्म घर बनाउने अनुमति पाएका छैनन् । अहिले निर्वाचनका बेला गाउँ पसेका नेता कार्यकर्तालाई उनीहरु भन्छन्— “जसले घर पुनःनिर्माणका लागि पहल गर्छ, उसैलाई भोट दिने छु ।” 

भूकम्पले सहलकोटको सुकेकोटमा ठूलो भौतिक क्षति पुगेको थियो । तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री एवं हाल वाम गठबन्धनबाट क्षेत्र नं १ पाल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले यस गाउँलाई नमूना बस्तीका रुपमा विकास गर्न पहल गर्ने स्थानीयलाई आश्वासन दिए पनि अहिलेसम्म घर पुनः निर्माणको प्रक्रिया अगाडि नबढ्दा स्थानीय आक्रोशित बनेका छन् । 

यहाँका मतदाता भन्छन्, “जस्ले घर पुनःनिर्माणका लागि प्रतिबद्धता जनाउँछ, उसैलाई निर्वाचनमा मतदान गर्छौं” । पुनः निर्माणका लागि पहिलो किस्ता आए पनि प्राविधिक अहिलेसम्म गाउँ फर्केका छैनन् । 

देश यतिबेला चुनावमय बनेको छ तर यहाँका स्थानीवासीलाई भने अबको हिउँदको जाडो कसरी कटाउने भन्ने पिरलो छ । चुनावका बेला गाउँमा आएका नेतासँग भूकम्पपीडितले घर बनाउन पहल छिटो गरिदिन माग गरिरहेको स्थानीय युवा उमेशकुमार गाहा बताउनुहुन्छ । 

मनबहादुर रानालाई जाडो लागिसकेको हँुदा अबको हिउँदको समय रात कसरी कटाउने भन्ने मनमा भारी चिन्ता छ । उहाँका चार छोराछोरी र वृद्ध बुबा हुनुहुन्छ । चिसोको कारण रात बिताउन गाह्रो भएको रानाले बताउनुभयो । 

टहरामा बास बस्दै आउनुभएका गोवद्र्धन दर्जी अघिल्लो वर्षको जाडोमा चिसोकै कारण लामो समयसम्म बिरामी पर्नुभयो । “जताततै चुनाव लाग्यो, हामीलाई त चुनावको भन्दा पनि घर कहिले बन्ला भन्ने पिरले सताउन थाल्यो”– उहाँले भन्नुभयो — “टहराबाट निस्किएर घरमा ओत लागेर रात कटाउन पाए चिसोले सताउने थिएन ।” 

सरकारले बनाउँदैनाँै भनेको भए पनि हामी आफैँले बनाई सक्थ्याँै, अनुदानको लागि समय पर्खेको यतिका समयमा बल्ल पहिलो किस्ता आएको स्थानीय भुमबहादुर रानाको भनाइ छ । पुनःनिर्माण प्राधिकरणले गरेको सर्वेक्षणअनुसार सुकेकोट क्षेत्रमा ५७ घर पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । 

दुई तिहाइलाई पहिलो किस्ता 

पाल्पाका भूकम्प प्रभावित परिवारमध्ये दुई तिहाइ पीडित परिवारलाई पुनःनिर्माणअन्तर्गतको पहिलो किस्ता प्रदान गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्यांकअनुसार पाल्पामा चार हजार ६५२ घर पुनःनिर्माणका लागि छनोट भएको थियो । जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै दुई तिहाइ परिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण गरिएको छ । अन्य बाँकी केहीको कागजी प्रक्रिया नमिल्दा पहिलो किस्ता रोकिएको उहाँले जानकारी दिनुभयो । 

साथै जिल्लाका केही स्थानमा पुनःनिर्माणका लागि सिकर्मी तालीम सम्पन्न भइसके पनि पुनःनिर्माण प्राधिकरणले अझै प्राविधिक जिल्लामा खटाएको छैन । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य