पढ्न करिब 1 मिनेट लाग्छ

रेशम राज रोकाया/मंसिर १२, हुम्ला । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान १० बजेर ८ मिनेट जाँदा कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

विमानमा चालक दलका ३ सदस्यसहित १६ यात्रु सवार रहेको बिमान दुर्घटना हुँदा ४ जना घाइते भएको बताइएको छ । विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन् । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।