सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ ।

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

२१ गते भनिएको निर्वाचन १४ मैं भएपछि… (तस्बिरसहित)

१४ मंसिर २०७४, बिहीबार ०८:०६

सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ ।


जिल्ला समन्वय समिति बर्दियाको परिसरमा नमूना मतदान केन्द्र निर्माण गरी सम्पूर्ण प्रकृया तथा विधिविधानहरुको नमूना अभ्यास गर्दै सहभागी सम्पूर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुले मतदान गरेका हुन् । 

नमूना मतदान कार्यक्रममा मतदान अधिकृतको भूमिकामा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बर्दियाका प्रमुख कपिलदेव अर्यालले मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो भने मधुवन नगरपालिकामा कार्यरत लोक कुमारी लामिछानेले सहायक मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो । अन्य कर्मचारीहरु, स्वयंसेवक तथा सुरक्षाकर्मीहरु समेत मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुबाट नै चयन गरिएको थियो । 


सुरक्षाकर्मीको भूमिकामा रहनुभएका ग्रामीण विकास बैंक राजापुरका भुवन प्रसाद उपाध्यायको भूमिका अत्यन्तै जिम्मेवारपूर्ण रहेको देखिन्थ्यो । वहाँले कतिखेर मापसे गरेकाहरुलाई घोक्रेठ्याक्क लगाउनुभएको थियो भने कतिखेर सुतली बमलाई हातैले टिपेर हु¥र्याउनुभएको थियो । मतपेटिका तथा मतदाताहरुको कार्यशैली र व्यवहारको निरन्तर कडा निगरानी राख्नुभएको थियो । 

दोस्रो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि मंसिर २१ गते हुने निर्वाचनमा बर्दिया जिल्लामा कूल ३ सय २९ मतदान केन्द्रहरु रहने भएको छ । ११ गतेदेखि सञ्चालन गरिएको तालिमको आज समापन भएको हो । आजै मतदान केन्द्रमा खटिने कर्मचारीहरुको विवरण प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । 


यसपालीको मतदान प्रकृयामा ३ ओटा मतपत्रमा ४ ठाउँमा छाप लगाउने कुरा मतदाताहरुलाई बुझाउन नसकेमा धेरै अलमल हुने देखिएको छ । यसमा मतदाता शिक्षाको निकै महत्वपूर्ण भूमिका रहने भएको छ । शुरुमा प्रतिनिधी सभा सदस्यका लािग  (हरियो), त्यसपछि प्रदेश सभा सदस्यका लागि (कालो) र अन्त्यमा प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुको समानुपातिक प्रणाली अन्तर्गत एउटै हल्का रातो रङ्गको मतपत्रमा तल र माथि गरेर दुइओटा मत सङ्केत गर्नुपर्ने भएको छ ।

नमूना मतदान कार्यक्रमको सहजीकरण प्रमोद कुमार तिमिल्सिनाले गर्नुभएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य