सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ ।

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

२१ गते भनिएको निर्वाचन १४ मैं भएपछि… (तस्बिरसहित)

२०७४, १४ मंसिर बिहीबार ०८:०६

सास । मंसिर १४, बर्दिया ।

कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ ।


जिल्ला समन्वय समिति बर्दियाको परिसरमा नमूना मतदान केन्द्र निर्माण गरी सम्पूर्ण प्रकृया तथा विधिविधानहरुको नमूना अभ्यास गर्दै सहभागी सम्पूर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुले मतदान गरेका हुन् । 

नमूना मतदान कार्यक्रममा मतदान अधिकृतको भूमिकामा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बर्दियाका प्रमुख कपिलदेव अर्यालले मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो भने मधुवन नगरपालिकामा कार्यरत लोक कुमारी लामिछानेले सहायक मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो । अन्य कर्मचारीहरु, स्वयंसेवक तथा सुरक्षाकर्मीहरु समेत मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुबाट नै चयन गरिएको थियो । 


सुरक्षाकर्मीको भूमिकामा रहनुभएका ग्रामीण विकास बैंक राजापुरका भुवन प्रसाद उपाध्यायको भूमिका अत्यन्तै जिम्मेवारपूर्ण रहेको देखिन्थ्यो । वहाँले कतिखेर मापसे गरेकाहरुलाई घोक्रेठ्याक्क लगाउनुभएको थियो भने कतिखेर सुतली बमलाई हातैले टिपेर हु¥र्याउनुभएको थियो । मतपेटिका तथा मतदाताहरुको कार्यशैली र व्यवहारको निरन्तर कडा निगरानी राख्नुभएको थियो । 

दोस्रो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि मंसिर २१ गते हुने निर्वाचनमा बर्दिया जिल्लामा कूल ३ सय २९ मतदान केन्द्रहरु रहने भएको छ । ११ गतेदेखि सञ्चालन गरिएको तालिमको आज समापन भएको हो । आजै मतदान केन्द्रमा खटिने कर्मचारीहरुको विवरण प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । 


यसपालीको मतदान प्रकृयामा ३ ओटा मतपत्रमा ४ ठाउँमा छाप लगाउने कुरा मतदाताहरुलाई बुझाउन नसकेमा धेरै अलमल हुने देखिएको छ । यसमा मतदाता शिक्षाको निकै महत्वपूर्ण भूमिका रहने भएको छ । शुरुमा प्रतिनिधी सभा सदस्यका लािग  (हरियो), त्यसपछि प्रदेश सभा सदस्यका लागि (कालो) र अन्त्यमा प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुको समानुपातिक प्रणाली अन्तर्गत एउटै हल्का रातो रङ्गको मतपत्रमा तल र माथि गरेर दुइओटा मत सङ्केत गर्नुपर्ने भएको छ ।

नमूना मतदान कार्यक्रमको सहजीकरण प्रमोद कुमार तिमिल्सिनाले गर्नुभएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश