उम्मेदवारको परिचय

सन्तोषकुमार गुप्ता



जन्म÷बाल्यकाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उम्मेदवारको परिचय

सन्तोषकुमार गुप्ता



जन्म÷बाल्यकाल"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका एक जुझारु नेता होमप्रसाद शर्मा

२०७४, १४ मंसिर बिहीबार १४:३६

Posts Details:
Helvetica


उम्मेदवारको परिचय

सन्तोषकुमार गुप्ता



जन्म÷बाल्यकाल

प्यूठान जिल्लाको साविक पुजा गाविस वडा नम्बर ८ धनमुढा भन्ने दुर्गम पहाडी गाउँको सामान्य परिवारमा जन्मिए होमप्रसाद शर्मा । उनी वि.सं. २०२६ साल जेठ २६ गते बुवा गेमलाल शर्मा र आमा तुलसीदेवी शर्माको पाँचौं सन्तानको रुपमा जन्मिए । बाल्यकालदेखि नै तीक्ष्णबुद्धि, निडर, लगनशिल, दृढसंकल्प, इमान्दार, धैर्यता भएका प्रखरबक्ता रुपमा पनि उनी चिनिन्छन् । समाजका सबै वर्गलाई समेट्न सक्ने क्षमता भएका अदम्य साहसी, मिलनसार, समस्यालाई छिटो पहिचान गर्न सक्ने, लोकप्रिय, शालिन स्वभावका, समाजसेवी व्यक्तित्व पनि हुन् ।

 शिक्षा

देउखुरीको तत्कालिन आर्दश माध्यमिक विद्यालय लालमटियाबाट वि.सं. २०४६ सालमा एस.एल.सी. उत्तीर्ण गरेका शर्माले २०४९ सालमा महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङबाट आइ.ए. पास गरेका थिए । उनले २०७० सालमा सोही क्याम्पसबाट राजनीतिशास्त्र, पत्रकारिता, जनसंख्या बिषयमा स्नातकतह उत्तीर्ण गरिसकेका छन् । हाल उनले भारतको गोरखपुर प्राकृतिक चिकित्सा केन्द्रबाट प्राकृतिक चिकित्सा बिषयमा स्नातकतह र महेन्द्र बहुमुखी क्याम्पस दाङबाट राजनीतिशास्त्र बिषयमा स्नातकोत्तर (एम.ए) एकै साथ गरिरहेका छन् । उनी शिक्षा प्राप्त गर्न निकै मेहनति देखिन्छन् । सामाजिक तथा घरायसी कार्य व्यस्तताका बाबजुद पनि अध्ययन कार्यलाई अहिले पनि निरन्तरता दिएको देख्दा उनी साँच्चिकै शिक्षाप्रेमी भएको मानिन्छन् ।

राजनैतिक पृष्ठभूमि

वि.सं २०४३ सालदेखि बामपन्थी विद्यार्थी संगठनमा आदर्श माध्यमिक विद्यालय लालमटियाबाट अनेरास्वयू (छैठौं) को सामान्य समर्थकका रुपमा साधारण सदस्यता प्राप्त गरेका शर्मा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका खेले भने २०४८ सालको संसदीय निर्वाचनमा नेकपा मसालको भातृ संगठन अखिल नेपाल किसान संघको चुनाव बहिस्कार आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०५१ सालको मध्याबधि निर्वाचनमा नेकपा मसालको भातृ संगठन अखिल नेपाल राष्ट्रिय जनमोर्चा पार्टीको नामबाट चुनावको काममा सक्रिय उनी तात्कालीन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको लालमटिया गाविस वडा नम्बर ९ बाट जनमोर्चा नेपालको तर्फबाट वडा सदस्यको रुपमा चुनावमा भाग लिएका थिए । व्यवसाय र राजनीति संगसंगै सुरु गरेका उनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजिविकाका लागि गरिएका पटक—पटकका संघर्षमा पटक—पटक प्रहरी धरपकड र हिरासत भोग्दै आएका छन् । २०६२÷०६३ सालको महान् जनआन्दोलनमा यस क्षेत्रबाट अग्रणी भूमिका खेलेका शाहसी नेताका रुपमा चिनिन्छन् । 

राजनीति संगै सामाजिक क्षेत्रमा प्रवेश गरेका शर्मा राप्ती उद्योग बाणिज्य संघसंग सम्बद्ध रही उद्योगी व्यापारीहरुको छाता संगठन स्थापना गरेर पाँच बर्षसम्म लगातार नेतृत्व प्रदान गरेका थिए । उनले देउखुरीलाई औद्योगिक र कृषिक्षेत्रको रुपमा विकासका लागि माग गर्दै नेपाल सरकारका सम्बन्धित निकायहरुमा ऐेतिहासिक भूमिका खेल्दै यस क्षेत्रको विकास निमार्णमा महत्वपूर्ण योगदान पु¥याएका छन् । सहकारी मार्फत साना–ठूला व्यवसायीहरुको आर्थिक उपलब्धताका लागि भालुवाङ पुल्चोकमा समय बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी सात बर्ष सम्म लगातार नेतृत्व प्रदान गर्दै सहकारी सम्बन्धि लामो अनुभव समेत हासिल गरेका छन् । 

राजनीति र सामाजिक जीवनका क्षेत्रमा लामो अध्ययन र अनुभव प्राप्त गरेका उनले पूर्वी देउखुरीमा देउखुरी भ्याली इङ्गलिस स्कूल, देउखुरी लाईफकेयर हस्पिटल हाल देउखुरीको लमहीमा सञ्चालित फ्लोरेन्स हस्पिटल प्रा.लि., ऐरावती इन्टिच्यूट अफ टेक्नोलोजी प्रा.लि. अर्घाखाँचीको संस्थापक अध्यक्ष समेत रहेका थिए । साथै देउखुरी बहुमुखी क्याम्पस लमहीका संस्थापक, देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका बिशेष सल्लाहकार लगायत झण्डै एक दर्जनबढी संघसंस्थाको स्थापना गरेर कुशल नेतृत्व प्रदान गरेका छन् । उनी विभिन्न संघर्षबाट खारिएका पाका जुझारु युवा राजनीतिककर्मीको रुपमा देउखुरीमा चिनिन्छन् । उनले पूर्वी देउखुरीमा चाहे बैंक स्थापना गर्ने कार्यमा होस् वा सहकारी संस्था स्थापना गर्ने कार्यमा होस्, विद्यालय तथा कलेज स्थापना गर्ने कार्यमा होस्, उनले हरेक बर्ष नयाँ—नयाँ योजना बनाउन र लागू गर्न खोजिरहेका हुन्छन् । साथै ती योजनाहरु सफल बनाएरै छोड्न प्रतिबद्ध रहन्छन् । यसरी शर्मालाई समाज विकासका नयाँ—नयाँ योजना ल्याउन सक्ने योजनाकार कै रुपमा समेत उनी चिनिन्छन् ।

 किन रोजे शर्माले -नयाँ शक्ति पार्टी नेपाल

राष्ट्रिय जनमोर्चामा व्यवहारिक भन्दा पनि बढी सैद्धान्तिक कुराहरु मात्र हुने जसले जनताको दैनिक जीवनसंग कुनै सरोकार नराख्ने गरेकाले राजमो छोडी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाललाई रोजेको बताउँछन् । तीस बर्षे राजनैतिक पृष्ठभूमि छोडेर नयाँ शक्ति पार्टीलाई रोजेका शर्माले डा. बाबुराम भट्टराईले प्रतिपादन गरेको नयाँ नेपालको आगामी २५ बर्षे समृद्धीको खाका अध्ययन पश्चात नेपालको राजनीतिमा देखिएको गोलचक्करका कारण भ्रष्टचार मौलाउँदै गएको, प्रशासन अत्यन्तै निरिह र मूखदर्शक भएको, गरिबी तथा बेरोजगारीले अत्यान्तै पीडा दिएको, नेपालका पचासौं लाख होनहार युवा शक्तिहरु रोजगारीको खोजीमा खाडीमूलुकमा बिदेशीएको, नेपाली जनताको सामान्य घरबासको व्यवस्था हुन नसकेको, स्वास्थ्यमा अत्यन्तै नाजुक अवस्था भएको, नेपालकै प्राकृतिक साधन र स्रोत (जल जमिन र जंगल) को प्रयोग गरी शिक्षामा बैज्ञानिक र व्यवहारिकीकरण, कृषिमा आधुनिकीकरण, उद्योग कलकारखाना, जलबिद्युत, नेपाली जनताकै पैसाबाट निर्माण गरी विश्वकै पहिलो धनी देश बनाउन सकिने नेपाली जनतालाई विश्वकै धनी जनता बनाउन सकिने देशलाई प्रष्ट नेतृत्व दिन सक्ने, दुरगामी सोच, उन्नत संस्कार र प्रभावकारी कार्यशैली भएको एक मात्र बिकल्प नयाँ शक्ति पार्टी नेपाल अर्थात बैकल्पिक राजनीति नै नेपालको अनिवार्य आवश्यकता ठहर गरी आफ्नो पहिलो रोजाईमा परेको शर्मा बताउँछन् ।  

हाल उनी नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य रहेका छन् । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट शर्मा प्रत्यक्षतर्फका उम्मेदवार समेत हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल