2026-10-14 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको तयारी तिव्र

कमल रावल/मंसिर १९,अछाम । बिहिबार मंसिर २१ गते अछाम जिल्लामा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको सम्पुर्ण तयारी तिव्र रुपमा अघि बढिरहेको छ । 

जिल्लाका १ सय ९७ मतदान स्थलका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ४ सय ६६ गरि अरु कर्मचारी पुगिसकेका छन । गत असार १४ को स्थानिय तहको निर्वाचन सम्पन्न पछी फोटो सहीतको मतदाता नामावलिमा नाम दर्ता गराएका मतादातामा नयाँ नामावली समेत वितरण भईरहेको छ । 

१९ र २० गते अर्थात आज र भोली मतदाता नामावलि वितरण कार्य भईरहेको अछामका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो । यस वर्ष थप ९ हजार बढी मतदातामा परिचय पत्र वितरण हुने भएको छ भने स्थानिय तहमा वितरण भएको परिचयपत्र बाट नै पुराना मतदाताले मतदान गर्न पाउने छन । 

परिचयपत्रसँगै मतदान गर्ने तरिका सिकाइने हुँदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न उहाँले आग्रह गर्नु भएको छ । कुनै कारणवश व्यक्ति आफै परिचयपत्र लिन नपुगे परिवारका सदस्यले पनि लिन पाउनेछन् । 

यस्तै मतदाता नामावलीमा नाम भएका र मतदान गर्न योग्य व्यक्तिले मतदाता परिचय पत्र हराएको भए, परिचय खुल्ने सरकारी कागजात जस्तै लाईसेन्स, नागरिकता देखाएर पनि भोट हाल्न पाउनेछन् ।

 ९१ वडा रहेको अछाममा दुई निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाका लागि ५ जना र ४ प्रदेशका लागि ११ जना चुनावि मैदानमा छन । जसमा प्रदेशका लागि ४ र प्रतिनिधीका लागि २ जना सदस्य चुनिनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ