१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो डोल्पामा हिमपात, तल्लो डोल्पाको जनजीवन प्रभावित

१९ मंसिर २०७४, मंगलवार ११:५५

टेक शाही/मङ्सिर १९, डोल्पा । डोल्पामा मँगलबार बिहान देखि हिमपात भएको छ । 

माथिल्लो डोल्पाको सबै भुभागमा हिमपात भए पछि जनजीवन प्रभाबित भएको छ । मँगलबार बिहान देखि हिमपात हुन थाले पछि चिसोले डोल्पाको जनजीवन प्रभाबित भएको हो । 

मँसिरको तेस्रो साता नबत्दिै हिमपात भए पछि डोल्पाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सम्म पुगेको स्थानिय रबिन्द्र शाहीले बताए । उनका अनुसार आफुले मौसमी बिवरण देखाउने मेसिन राखेकोले अझै २ दिन बदली भइ हिमपात तथा पानि पर्ने बताए । 


माथिल्लो डोल्पामा मँगलबार बिहान बाट परेको हिउ करिव आधा फिट जमेको डोल्पोे मुकोटका सोनमा धावा गुरुङ्गले जानकारि दिए । हिमपात भए सँगै चिसो ह्वात्तै बढे पछि पसुबस्तुलाइ समेत घासपात गर्न कठिन भएको धावाले जानकारि दिए ।

केहि दिन देखिको बदली पछि मँगलबारबाट हिमपात र तल्लो डोल्पामा पानि पर्न थाले पछि चिसोले दैनिक काममा कठिन भएको जगदुल्ला गाँउपालिकाका स्थानिय राज बहादुर थापाले बताए ।

पानि र हिउ सँगै पर्न थाले पछि बिद्यालय गएका बालबालिका समेत चिसोले कठ्याग्रीए पछि पठनपाठनमा समेत असर परेको महादेव आधारभुत बिद्यालयकि शिक्षिका खगिसरा पुलामीले जानकारि दिइन । उनका अनुसार सानासाना बालबालिकाहरु चिसो पढन् नसक्ने भए पछि तल्लो डोल्पाका सबै बिद्यालय प्रभाबित भएको बताइन । 


दैनिक चिसो बढे पछि माथिल्लो डोल्पाका सबै बिद्यालयहरु बन्द गरिएका माथिल्लो डोल्पाका शिक्षकहरु बताउछन । मँसिरमा नै परेको हिमपातको कारण सबै भन्दा धेरे माथिल्लो डोल्पाका स्थानियहरु प्रभबित भएका छन । 

चिसो छल्न चौरीगाइ,घोडा र च्याङग्रा लिएर तल्लो डोल्पा झर्ने माथिल्लो डोल्पाका स्थानियहरु एकै पटक हिमपात भए पछि घरमै थन्कीएका छन । कोहि तल्लो डोल्पा आउदै गर्दा उच्च हिमाली भुभागमा बिचैमा रहेको माथिल्लो डोल्पाका स्थानियहरु बताउछन । बदली भए पछि डोल्पामा तिन देखि घाम लागेको छैन भने चिसो बढेर पुरै जनजीवन प्रभाबित भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु