प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा वर्षमानलाई दोब्बर भन्दा बढी मतको अग्रता (ताजा अपडेट)

२१ मंसिर २०७४, बिहीबार २०:२७

मंसिर २२, काठमाडौं । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन अनन्तले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्रेसका अमर सिंह पुनले ७४३ मत पाएका छन् ।

यहाँ पहिलो चरण अन्तर्गत मङ्सिर १० गते निर्वाचन सम्पन्न भएको थियो । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै तारबार गरी मिलाईएका चार काउन्टरमा मत गणना भईरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मत गणनालाई निष्पक्ष एवं विश्वसनीय बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने हलभित्रै रहेका चार वटा काउन्टर रहेका स्थानलाई तारबारले घेरिएको छ । 

मत गणना स्थल बाहिर नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बललाई सुरक्षाका निम्ति खटाइएको छ । 

हलभित्रै निर्माण गरिएका चार वटा काउन्टरमध्ये दुई स्थानमा प्रतिनिधि सभा र दुईमा प्रदेश सभाको मत गणना गरिएको छ । 

दुवै तहको निर्वाचनमा विभिन्न पार्टीका ९ जना उम्मेदार चुनावी प्रतिस्पर्धामा छन् । रोल्पामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र तय गरिएका थिए । करिब ५५ प्रतिशत मतदान भएको रोल्पामा सबै १ लाख २७ हजार ६ सय २९ मतदाता थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु