2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धन विजयी

मङ्सिर २१, रुकुम ।  रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । 

प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको हो । 

विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो । 

यस्तै, प्रदेशसभा क्षेत्र नं (ख)मा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती विजयी हुनुभएको उहाँले बताउनुभयो । 

विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गर्नुभएको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ । 

यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ