2026-07-26 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजयी र्यालीका लागि रोल्पा आएका बर्षमानले पार्टी एकताबारे मुख खोले

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धन रोल्पाका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर ‘अनन्त’ विजयी  र्यालीका लागि रोल्पा आई पुग्नुभएको छ । 

मतगणनास्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै शनिवार जितको नजिक पुग्नुभएको नेता अनन्तले धेरै उम्मेदवारहरु भएको ठाउँमा पनि अत्यन्त सौहार्दपुर्ण बाताबरणमा चुनाव सम्पन्न भएको र यो खुशिको कुरा भएको बताउनुभयो ।

साथै उहाँले बामगठबन्धनलाई जनताले मन पराएको उल्लेख गर्दै यो गठबन्धन पार्टी एकतासम्म जाने गठबन्धन भएको समेत उद्घोष गर्नूभयो ।

बिप्लव नेतृत्वको पार्टीले गरेको चुनाव बहिष्कार र तिनका कार्यकर्ता रिहाइको सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नमा नेता अनन्तले संबिधानमा नो भोटको कानुनी व्यवस्था भएपनि अबैधानिक कार्य गरेकाले त्यस्तो कार्य गर्नेहरु कानुनी प्रक्रियामा जाने र राजनैतिक रुपमा छुट्टै छलफल हुने प्रतिक्रिया दिनुभयो ।

यस्तै पार्टी एकता सम्बन्धमा पत्रकारहरुको प्रश्नमा नेता अनन्तले देशैभरि नतिजा सार्वजनिक भएपछि समिक्षा सहित पार्टी एकतामा जाने जानकारी दिनुभयो । उहाँले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी ¥याली मनाएर मात्रै फर्किने बताउनुभयो ।

त्यसैबिच प्रदेश सभा ख प्रत्यक्षतर्फ नेकपा माओबादी केन्दका उम्मेदवार दिपेन्द्र पुन सिजलले पहिले पार्टीको जिम्मेवारीमा रहेको तर अहिले सार्वजनिक जिम्मेवार निकट पुग्दा थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो । 

उहाँले बाम गठबन्धनको नारा ‘समृद्ध रोल्पा सुखि रोल्पाली’ कार्यन्वयन गर्न सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल