2026-09-15 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा बर्षमान पुन भारी मतान्तरले विजयी

मनिषा राई/मङ्सिर २३, रोल्पा । पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ । 

तर आधिकारिक घोषणा हुन बाँकि नै छ । जसमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका बर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका अमर सिंह पुनलाई पराजित गरेका हुन् । 

मत परिणाम अनुसार बर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन । 

जसअनुसार प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका कुलप्रशाद केसीले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गरेका छन् । 

त्यसैगरी प्रदेश सभा ‘ख’मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ