२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा वाम गठबन्धनको ‘क्लिन स्विप’, बर्षमान पुन दोब्बर मतले विजयी

२०७४, २४ मंसिर आईतवार ०५:१५

मनिषा राई/मंसिर २४, रोल्पा । दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनले 'क्लिन स्विप' गरेको छ ।

प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी भएका हुन् । 

अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

रोल्पा नगरपालिका ७ माडीचौरमा जन्मिएका अनन्त माओवादी केन्द्र कार्यालय सदस्य र पाँच नम्बर प्रदेश इन्चार्ज समेत हुन् । पार्टीमा प्रभावशाली मानिने उहा शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्लाबाट उम्मेदवार भएका हुन् ।

यसैबिच रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी सोनाम विजयी भएका छन् ।


शान्तिकालमा लाभको पद नलिएका नेता सोनाम गृह जिल्लाबाट उम्मेदवार बनेका थिए । सोनामले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरमा विजयी हात पारेका हुन् । 

केसीले १८ हजार ५ सय १२ मत लिई विजयी भएका हुन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सचिव समेत रहेको महराले १० हजार ४ सय १ मत ल्याएर पराजित बने ।

निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसले विजयी हुने अपेक्षा गरेपनि ३३ हजार ८ सय ३३ खसेको मतमा धेरै मतान्तर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार निर्वाचन क्षेत्र क मा २ हजार ७ सय ८५ मत वदर भए। ३१ हजार ४८ मत सदर भएको हो ।

यसैगरी रोल्पाको निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागि वाम गठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दीपेन्द्रकुमार पुनमगर विजयी भएका छन् । 

माओवादी केन्द्रका रोल्पा र रुकुम जिल्ला इन्चार्ज समेत रहेका पुनमगर २४ हजार ४ सय ९० मतसहित विजयी भएका हुन् । उम्मेदवार पुनमगरले १४ हजार ५ सय २१ मत बढी मत ल्याएर जित हात पारेका छन् । 

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता खगेन्द्रप्रकाश हमाल ९ हजार ९ सय ६९ मत ल्याएर पराजित भए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा