११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा प्रतिनिधि र प्रदेशको समानुपातिक नतिजा सार्वजनिक, पहिलो कुन दल ?

२६ मंसिर २०७४, मंगलवार ११:५०

मनिषा राई/मंसिर २६, रोल्पा । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार  नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मत पाएको छ । दोश्रोमा रहेको नेपाली कांग्रेसले १५ हजार ८ सय ४७ मत पाएको छ भने नेकपा एमालेले १० हजार ५ सय ४५ मत पाएको छ । 

त्यसैगरी राप्रपाले १८ सय ३३, राप्रपा प्रजातान्त्रिले ६ सया ७५, नेकपा मालेले १ हजार ५९, राष्ट्रिय जनमोर्चाले ४ सय ३८, नया शक्ति पार्टीले २४, र बिबेकशिल साझा पार्टीले ८८ मत पाएको छ ।  

१ लाख २७ हजार ६ सय २९ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभाको समानुपातिकमा ७० हजार ५ सय ७० मत खसेकोमा ५९ हजार ७६ मत सदर भएको छ भने ११ हजार ४ सया ९४ मत बदर भएको छ । 

यसैगरी प्रदेश सभा क र ख तर्फ पनि माओवादी केन्द्र नै पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले २५  हजार २ सय ६० मत ल्याउदा नेपाली कांग्रेसको पक्षमा १४ हजार ४ सय १८ मत आएको छ भने नेकपा एमालेलाई १० हजार २ सय ७१ मत मात्रै आएको छ । 

त्यसैगरी नेकपा मालेले ९ सय ६७, नयाशक्ति पार्टीले १८, राप्रपा नेपालले १ हजार ८२, राप्रपा प्रजातन्त्रिकले १ हजार १९, विवेकशिल साझाले ७७ र राष्ट्रिय जनमोर्चा पार्टीले ४ सय ६ मत पाएको छ । 

प्रदेश सभा सदस्यको क र ख निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ खसेको ७० हजार ५ सय ७० मध्य ५४ हजार ८ सय ४ मत सदर भएको छ भने १५ हजार ७ सय ६६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो