२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोहर लगानीबाट एक करोड नाफा

२८ मंसिर २०७४, बिहीबार ०७:४०

मङ्सिर २८, पाल्पा ।  पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ । 

विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५७ लाख ६० हजार रहेको छ । 

गत आवमा रु ३६ करोड ५४ लाख, बचत रु ४६ करोड ४५ लाख तीन हजार र अन्य कोष रु चार करोड ५२ लाख ९१ हजार रहेको सहकारीका अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताउनुभयो । 

जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरेपछि सहकारीको नौ हजार १५ जना शेयर सदस्य पुगेका छन् । सात हजार ६१६ महिला सदस्य रहेको व्यवस्थापक दीपेन्द्र पौडेलले बताउनुभयो । ग्रामीण भेगमा बैंकको अभावमा बचत तथा ऋण कारोबार गर्न स्थानीय बासिन्दाले सहकारीमार्फत सजिलो मान्छन् । 

सहकारीद्वारा सुत्केरी खर्च प्रदान 

पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्चबापत पोषिलो आहाराका लागि प्रतिसुत्केरी रु एक हजार प्रदान गर्दै आएको छ । सुत्केरी भएपछि महिला कमजोर हुने भएकाले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो । गत आवमा सहकारीले सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति रु एक हजारका दरले रु ७० हजार प्रदान गरिसकेको छ । 

ज्येष्ठ सदस्यलाई मासिक भत्ता 

सहकारीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । दुई वर्षअघिदेखि ७० वर्ष नाघेका ज्येष्ठ सदस्यलाई मासिक सुरक्षा भत्ता बाँड्दै आएको हो । गत आवमा ४४ जना ज्येष्ठ सदस्यलाई मासिक रु ५०० का दरले प्रदान गरिएको हो । 

किरिया खर्चसमेत सहकारीबाट 

सहकारी सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएमा किरिया खर्च प्रदान गरिन्छ । सहकारीको नाफा रकम शेयर सदस्यलाई भन्दा वृद्धवृद्धा, सुत्केरी महिला र किरिया खर्चमा सहयोग गर्न थालेपछि सहकारीप्रति थप आकर्षण बढेको हो । 

सदस्यको मृत्युमा रु एक हजारदेखि रु दुई हजारसम्म १४ जनालाई गरी रु २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएकामा रु चार हजारका दरले २८ जनालाई सहयोग प्रदान गरिएको अध्यक्ष पंगेनीले बताउनुभयो । आर्थिक कारोबारसँगै सहकारीले सामाजिक काम गर्न थालेपछि यस जिल्लाको नमूना बन्दै गएको छ । 

सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै स्वास्थ्य शिविर, बालमैत्री, महिला लक्षित, विद्यालयस्तरीय सचेतना कार्यक्रम, मोबाइल रिचार्ज सेवा, विप्रेषणलगायतका काम समेत गर्न थालेपछि यस भेगका स्थानीयवासी सहकारीतर्फ आकर्षित बन्दै गएका छन् । कृष्ण दर्नाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य