2026-09-15 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोहर लगानीबाट एक करोड नाफा

मङ्सिर २८, पाल्पा ।  पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ । 

विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५७ लाख ६० हजार रहेको छ । 

गत आवमा रु ३६ करोड ५४ लाख, बचत रु ४६ करोड ४५ लाख तीन हजार र अन्य कोष रु चार करोड ५२ लाख ९१ हजार रहेको सहकारीका अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताउनुभयो । 

जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरेपछि सहकारीको नौ हजार १५ जना शेयर सदस्य पुगेका छन् । सात हजार ६१६ महिला सदस्य रहेको व्यवस्थापक दीपेन्द्र पौडेलले बताउनुभयो । ग्रामीण भेगमा बैंकको अभावमा बचत तथा ऋण कारोबार गर्न स्थानीय बासिन्दाले सहकारीमार्फत सजिलो मान्छन् । 

सहकारीद्वारा सुत्केरी खर्च प्रदान 

पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्चबापत पोषिलो आहाराका लागि प्रतिसुत्केरी रु एक हजार प्रदान गर्दै आएको छ । सुत्केरी भएपछि महिला कमजोर हुने भएकाले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो । गत आवमा सहकारीले सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति रु एक हजारका दरले रु ७० हजार प्रदान गरिसकेको छ । 

ज्येष्ठ सदस्यलाई मासिक भत्ता 

सहकारीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । दुई वर्षअघिदेखि ७० वर्ष नाघेका ज्येष्ठ सदस्यलाई मासिक सुरक्षा भत्ता बाँड्दै आएको हो । गत आवमा ४४ जना ज्येष्ठ सदस्यलाई मासिक रु ५०० का दरले प्रदान गरिएको हो । 

किरिया खर्चसमेत सहकारीबाट 

सहकारी सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएमा किरिया खर्च प्रदान गरिन्छ । सहकारीको नाफा रकम शेयर सदस्यलाई भन्दा वृद्धवृद्धा, सुत्केरी महिला र किरिया खर्चमा सहयोग गर्न थालेपछि सहकारीप्रति थप आकर्षण बढेको हो । 

सदस्यको मृत्युमा रु एक हजारदेखि रु दुई हजारसम्म १४ जनालाई गरी रु २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएकामा रु चार हजारका दरले २८ जनालाई सहयोग प्रदान गरिएको अध्यक्ष पंगेनीले बताउनुभयो । आर्थिक कारोबारसँगै सहकारीले सामाजिक काम गर्न थालेपछि यस जिल्लाको नमूना बन्दै गएको छ । 

सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै स्वास्थ्य शिविर, बालमैत्री, महिला लक्षित, विद्यालयस्तरीय सचेतना कार्यक्रम, मोबाइल रिचार्ज सेवा, विप्रेषणलगायतका काम समेत गर्न थालेपछि यस भेगका स्थानीयवासी सहकारीतर्फ आकर्षित बन्दै गएका छन् । कृष्ण दर्नाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ