2026-10-14 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा साढे ९ हजार मत बदर

कमल रावल/मसिर २९, अछाम । अछाम जिल्लामा साढे ९ हजार बढी मत बदर भएका छन् । 

अछाममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फ गरि यत्रो संख्यमा मत बदर भएका हुन् । प्रत्यक्षतर्फ २ हजार ९ सय ४८ र समानुपातिक तर्फ ६ हजार ७ सय २६ गरि ९ हजार ६ सय ७४ मत बदर भएका हुन ।

 जिल्लाभरीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ कुल खसेको मत ८६ हजार ८ सय ७४ मध्ये ३ दशमलव ५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

जसमा प्रतिनिधिसभाको क्षेत्र नं. १ मा ४३ हजार ३ सय ८० मत खसेकोमा १२ सय ९८ मत बदर भए । जुन सदर मत ४२ हजार ५ सय ८२ को ३ प्रतिशत हुन आउछ । यस्तै क्षेत्र नं. २ मा कुल ४२ हजार ८ सय ९४ खसेको मतमा ४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो । प्रदेशसभाको खसको मतमा २ दशमलव ३ देअी ५ दशमलव ५ प्रतिशतसम्म मत बदर भएको उहाँको भनाई छ ।

 बदर मतमा दुईटा चिन्हमा छाप लगाएको, ल्याप्चे लगाएको बढी भेटिएको भट्टले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ सात नम्बर प्रदेशका अन्य जिल्ला भन्दा अछाममा मत बदर संख्या कमै भएको उहाँको भनाई छ । 

प्रत्यक्ष तर्फको मतपत्रमा कम चिन्ह भएका कारण बदर कम भएपनि समानुपातिकमा भने केही बढी मत बदर भएका छन । जिल्लाभरीमा समानुपापितक तर्फ कुल खसेको मत ८६ हजार ४ सय ९५ मध्ये क्षेत्र नम्वर २ मा ४ हजार ४ र क्षेत्र नम्वर १ मा २ हजार ७ सय ४१ गरि ६ हजार ७ सय २६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । 

निर्वाचन अघि जिल्ला निर्वाचन कार्यालय अछामले बदर मत संख्या घटाउन र निर्वाचन शिक्षाका लागि १ सय ९७ जना मतदाता शिक्षा स्वयंमसेवक परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ