१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको सुकीदह गाउँपालिका अध्यक्ष जग्गा धन्दामा लागेको खुलासा

७ पुष २०७४, शुक्रबार ०६:११

पुस ७, रोल्पा । सुकिदह गाउँपालिको केन्द्र सुखाओढारमा निर्णय भैसकेको र उक्त गाउँपालिका भित्रका जनताले स्वीकार गरिसकेको अबस्थामा पुनः गाउँ पालिकाको केन्द्र र नाम फेर्ने बहानामा त्यहाँका जनप्रतिनिधिहरुले किचलो निम्त्याएका छन । 

तर गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती र २ नं. वडाअध्यक्ष भुपाल दमाईको आन्तरिक मिलेमतोमा केन्द्र सार्ने नाममा, जग्गा ब्यापार सुरु गरेको खुलासा भएको छ ।

उनीहरुले सुखाओढारमा ठाउँ सानो भएको र फोनको सुबिधा नभएको बताउदै, वडा प्रमुख भुपाल दमाइको जग्गा सानडाँडामा सार्ने निर्णय पारित गरेका छन । उक्त जग्गा भुपालले केही समय अघि मात्र सस्तोमा खरिद गरेर किनबेच गर्ने धन्दा सुरु गरेको स्थानीयले बताए ।


भर्खरै केही दिन अघि मोहनसिंह घर्तीबाट उक्त जग्गा किनेको रहस्य खुलेको छ । श्रोतका अनुसार वडाअध्यक्ष दमाईले सानडाँडाका मोहनसिंङ घर्तीबाट रातारात ७० हजारमा जग्गा किनेर ८ लाख बराबरको मासा हालेका छन । त्यो जग्गा बिक्रि गर्दा ५० लाख बराबरको मूल्य पर्न जान्छ । अहिले त्यो जग्गा गाउँपालिका कार्यालय बनाउनका लागि सुकिदह गाउँपालिकालाई बेचेको कार्यालय श्रोतको दाबी छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती, वडाअध्यक्ष राम बहादुर वलीको सल्लाह अनुसार जग्गा किन्ने काम भएको केसी निकट श्रोत भन्छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसीले आफ्नो स्काभेटर प्रयोग गरेर गाउँपालिकाको बजेट समेत दुरुपयोग गरेको गाउँपालिकाका एक सदस्यले बताए । उनका अनुसार गाउँ गाउँमा बिना योजना बाटो खन्दै, कमाउ धन्दामा लागेको दाबी गरे । 

भोट हालेका जनताहरु पहिचान गर्दै आबस्यक नभएको ठाउमा पनि बाटोको योजना आफुखुसी बितरण गर्दै बिना समितिको आफ्नै डोजर लगाएर पैसा कमाउ धन्दामा लागेको स्थानीयहरुको पनि भनाइ रहेको छ ।

गाउँपालिका प्रमुख वीर बहादुर केसी, उपप्रमुख रिता घर्ती, वडाअध्यक्ष भुपाल दमाई र वडाअध्यक्ष राम बहादुर वली नेकपा माओबादी केन्द्रबाट बिजयी उम्मेदवारहरु हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ