2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको सुकीदह गाउँपालिका अध्यक्ष जग्गा धन्दामा लागेको खुलासा

पुस ७, रोल्पा । सुकिदह गाउँपालिको केन्द्र सुखाओढारमा निर्णय भैसकेको र उक्त गाउँपालिका भित्रका जनताले स्वीकार गरिसकेको अबस्थामा पुनः गाउँ पालिकाको केन्द्र र नाम फेर्ने बहानामा त्यहाँका जनप्रतिनिधिहरुले किचलो निम्त्याएका छन । 

तर गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती र २ नं. वडाअध्यक्ष भुपाल दमाईको आन्तरिक मिलेमतोमा केन्द्र सार्ने नाममा, जग्गा ब्यापार सुरु गरेको खुलासा भएको छ ।

उनीहरुले सुखाओढारमा ठाउँ सानो भएको र फोनको सुबिधा नभएको बताउदै, वडा प्रमुख भुपाल दमाइको जग्गा सानडाँडामा सार्ने निर्णय पारित गरेका छन । उक्त जग्गा भुपालले केही समय अघि मात्र सस्तोमा खरिद गरेर किनबेच गर्ने धन्दा सुरु गरेको स्थानीयले बताए ।

भर्खरै केही दिन अघि मोहनसिंह घर्तीबाट उक्त जग्गा किनेको रहस्य खुलेको छ । श्रोतका अनुसार वडाअध्यक्ष दमाईले सानडाँडाका मोहनसिंङ घर्तीबाट रातारात ७० हजारमा जग्गा किनेर ८ लाख बराबरको मासा हालेका छन । त्यो जग्गा बिक्रि गर्दा ५० लाख बराबरको मूल्य पर्न जान्छ । अहिले त्यो जग्गा गाउँपालिका कार्यालय बनाउनका लागि सुकिदह गाउँपालिकालाई बेचेको कार्यालय श्रोतको दाबी छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती, वडाअध्यक्ष राम बहादुर वलीको सल्लाह अनुसार जग्गा किन्ने काम भएको केसी निकट श्रोत भन्छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसीले आफ्नो स्काभेटर प्रयोग गरेर गाउँपालिकाको बजेट समेत दुरुपयोग गरेको गाउँपालिकाका एक सदस्यले बताए । उनका अनुसार गाउँ गाउँमा बिना योजना बाटो खन्दै, कमाउ धन्दामा लागेको दाबी गरे । 

भोट हालेका जनताहरु पहिचान गर्दै आबस्यक नभएको ठाउमा पनि बाटोको योजना आफुखुसी बितरण गर्दै बिना समितिको आफ्नै डोजर लगाएर पैसा कमाउ धन्दामा लागेको स्थानीयहरुको पनि भनाइ रहेको छ ।

गाउँपालिका प्रमुख वीर बहादुर केसी, उपप्रमुख रिता घर्ती, वडाअध्यक्ष भुपाल दमाई र वडाअध्यक्ष राम बहादुर वली नेकपा माओबादी केन्द्रबाट बिजयी उम्मेदवारहरु हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ