2026-09-14 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा नारबाजीबीच गाउँपालिकाको नाम परिवर्तन

मनिषा राई/पुस १३, रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ । 

दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो । पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो । नाम परिवर्तनमा विरोध हुने भएपछि बिहानैदेखि गाउँपालिकाको परिसरमा प्रहरीको सुरक्षाका साथ दोस्रो गाउँसभाले बहुमतबाट नाम परिवर्तन गरेको हो । 

४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन । बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडा अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वको जनप्रतिनिधिले दिनभर विरोध जनाइरहको थिए ।

बहुमतबाट नाम परिवर्तन गरिएपछि सभा कक्षमै विमती राख्ने जनप्रनिधिले नारा लगाएका थिए । ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए । 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए । एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७ वटामा माओवादी, २ वटामा एमाले र एकमा कांग्रेसले जितेको थियो ।

विरोध भइरहेकै समयमा बहुमतबाट नाम परिवर्तनको प्रस्ताव पारित गरिएपछि विपक्षमा रहेका जनप्रतिनिधि सभाबाट बाहिरिएका छन् ।

स्थानीय तहको नाम र केन्द्र निर्धारण जिल्ला प्राविधिक समितिले सिफारिस गरेपछि सुवर्णावती गाउँपालिका रहेको थियो । स्थानीय तहका जनप्रतिनिधिको पहिलो बैठकको ६ महिनाभित्र आवश्यक ठानेमा नाम र केन्द्र बहुमतबाट परिवर्तन गर्न सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । सुवर्णावती नामको ऐतिहासिकता नभएकाले नाम परिवर्तन जायज भएको उहाको भनाई छ ।

विपक्षीले धेरै शहिद भएको गाउँपालिकामा एक जनाको नामबाट मात्र नामाकरण गलत हुने तर्क गरेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकामा सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन हुँदा पनि विरोध भएको थियो । गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी भएको थियो । 

शहिदको नाममा भन्दै गंगादेव गाउँपालिका नामाकरण गरिएपछि विरोध चर्किएको हो । नाम र केन्द्र परिवर्तनको निर्णय र साविककै केन्द्र र नाम राख्ने माग दुवै मन्त्रालयमा पेश गर्ने सहमति भएको छ ।

दुईखोली गाउँपालिकाको सहिदको नामबाट नामाकरण गर्ने चर्चा सेलाएको छ । त्रिवेणी गाउँपालिको केन्द्र सार्ने माग चर्किदै गएको थियो । स्थानीय तहको केही संरचना र कार्यालय नुवागाउँमा स्थापना गर्ने सहमतिपछि विवाद साम्य भएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ