१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धामीको भर पर्दा चार जनाको मृत्यु

२२ पुष २०७४, शनिबार ०५:१२

पुस २२, जाजरकोट (रासस) | एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । 

रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो । 

त्यस्तै वडा नं २ कै आठ वर्षीय धनबहादुर विकको आज मृत्यु भएको छ । ज्वरो र रुघाखोकीले ३०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका बिरामी आउने गरेको बताइएको छ । 

“बिरामी रोग लाग्नेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्था नआउने र झारफुक गर्नतिर लाग्ने भएकाले यस्तो समस्या देखिएको हो”, इन्चार्ज सिंहको भनाइ छ । जुनीचाँदे गाउँपालिका– १ का जुनीचाँदे, काप्रा, बड्कुले र कार्कीगाउँ, वडा नं २ को मजकोट, आलीमौगाना– ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । 

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन चार जना बिरामी परेको स्थानीयवासी काशीराम न्यौपाने बताउनुहुन्छ । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने,सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउने लगायत समस्या देखिने गरेको छ । 

त्यस्तै बारेकोट गाउँपालिका वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताउनुभयो । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ । 

भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि प्रयोगशाला प्राविधिक कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ । “रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भन्नुभयो, “एच एक एन एक हो कि भनेर टेष्ट किट पठाएका छौँ । यदि एच एक एन एक भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।” 

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली गएको नेपालीले बताउनुभयो । औषधि अभाव हुन नदिन शुक्रबार मात्र एक ट्र्याक्टर औषधि पठाइएको उहाँले जानकारी दिनुभयो । अहिले चिसोका कारण जिल्लाका सबै ठाउँमा बिरामीको संख्या ह्वात्तै बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक