2026-09-14 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा प्रदेश राजधानी माग गर्दै चार दिनदेखि आमहड्ताल

पुस २२, दिपायल । डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ । 

आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन् । एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधाबारबाट आमहड्ताल गरेको थियो । 

संघर्ष समितिले शनिबार पनि डोटीका विभिन्न ठाउँहरुमा सिठ्ठी बजाउँदै जनप्रदर्शन गर्नुका साथै दबाबमूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सिठ्ठी जुलुसपछि सांस्कृतिक कार्यक्रममा परिणत भएको कार्यक्रममा दर्जनौँ स्थानीय कलाकार तथा स्रष्टाले आफ्नो कलामार्फत दबाब दिएका थिए । 

संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सरकारमाझ आफूहरुले निरन्तर रुपमा एघारौँ दिनदेखि माग राख्दै आए पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि आफ्नो आवाज सरकार समक्ष पु¥याउन सिठ्ठी बजाउँदै जुलुस निकालेको बताउनुभयो । 

सरकारले दिपायललाई स्थाई राजधानी नतोकेसम्म सरकारको निर्णयअनुरुप आन्दोलनको स्वरुपमा फरकपन आउन सक्ने बताउँदै उहाँले आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने बताउनुभयो । 

चार दिनदेखि सडक, बजार सबै बन्द गरिएका छन् । जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने यात्रुहरु पैदल हिँडेर जान बाध्य भएका छन् । पदैल हिडँ्दै गर्दा बाटोमा चाउचाउ, विष्कुटलगायत पनि खान नपाएको पैदल यात्रुको गुनासो छ । 

बन्दमा कुनै पनि गाडीहरुमा तोडफोड नभए पनि बन्दको अवज्ञा गर्ने एम्बुलेन्स, मोटरसाइकललगायत सवारी साधन नियन्त्रणमा लिएको छ । बन्दकर्ताले अछामबाट बिरामीको बाहना बनाउँदै डडेल्धुरातर्र्फ यात्रु लैजाँदै गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ