२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्छ: अर्थ राज्यमन्त्री राणा

२०७४, २८ पुष शुक्रबार १०:३२

 पुस २८,  काठमाडौँ । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताउनुभएको छ । 


नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बंैकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भनाइ व्यक्त गर्नुभयो । 

राज्यमन्त्री राणाले बंैकका ग्राहकलाई कसरी खुशी बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने भन्दै काम गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले आफू सरकारमा नरहे पनि कर्मचारीको हक हितका लागि सदैव तयार रहने भनाइ व्यक्त गर्दै अब बन्ने सरकारले सबैलाई समेटेर लानुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले सरकारी बैंकलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस विषयमा बृहत् छलफल हुन आवश्यक रहेको टिपप्णी गर्नुभयो । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले ट्रेड युनियनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने भनाइ व्यक्त गर्नुभयो भने यता कर्मचारी संघका अध्यक्ष बेदबाहदुर लावतीले कर्मचारीको वृद्धि विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण