2026-09-30 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरिब र गरिबी फरक कुरा हो : गगन थापा

काठमाडौँ | नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् । काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् । उनले भने- ‘गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ निर झुक्किएको छ भने मलाई लाग्छ भने उसको हस्तक्षेप गरिबीका विरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फाल्दिएर गरिवी हट्दैन ।’

सभापति थापाले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संबिधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने र संबिधानले नै सुनिश्चित गरेको बताए । सरकार कानुन भन्दा माथि नहुने बताउदै भूमिहीन सुकुम्बासीको सन्दर्भमा कानुन पालना गर्न चुकेको बताए । उनले कतिपय स्थानीय तहमा पनि कानुन पालना गर्न चुकेको बताउदै कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरुलाई कानुन विपरित काम गरेमा कारवाही गर्ने चेतावनी दिए । उनले देशभर होल्डिङ सेन्टरमा काँग्रेसले मनोसामाजिक परामर्शका लागि प्रतिनिधिहरु खटाउन निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री