2026-09-30 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर खर्चको अनुमानित विवरण पेश गरेका हुन्।

विनियोजित बजेटमध्ये सरकारले चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ र पूँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याएको छ। त्यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

बजेटको खर्च धान्ने स्रोततर्फ सरकारले राजस्वबाट १४ खर्ब ४ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ। वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ। राजस्व र वैदेशिक सहायताले नपुग्ने बाँकी न्यून हुन आउने ४ खर्ब १० अर्ब रुपैयाँ भने आन्तरिक ऋणबाट व्यवस्थापन गरिने अर्थमन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री