प्रकाश बम/ पुस २८, डोटी । ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दे १७ औ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।
१३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले बुधबार देखि आन्दोलनको स्वरुप परीवर्तन गरी धर्नाको कार्यक्रम गरेको हो ।
शुक्रबार चौथो दिनको कार्यक्रम अन्तर्गत होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपक खड्का सहीत होटल ब्यवसायिहरु सुदुर पश्चिम क्षेत्रिय पशासन कार्यलयको गेट अगाडी धर्ना दिईरहेका छन् ।
साताको अन्त्यमा भने बिशाल जनप्रदर्शनको कार्यक्रम गरिने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो
।
सरकारले दिपायलको बिपक्षमा निर्णय गरे सरकारको बिरुद्धमा कडा आन्दोलनमा उत्रने संघर्ष समितिका संयोजक खड्काले जानकारी दिनु भयो ।
त्यस्तै दिपायल राजधानिको माग गर्दै चार दिन देखि रिले अनसन समेत शुरु गरीएको छ । सायल गाउँपालिका–५, पटकानीका ३५ वर्षीय तेज डुम्रेल र डा. केआइसिंह गाउँपालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्रप्रसाद भट्टले रिले अनशन थालेका छन् ।