2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको आन्दोलनले उग्र रुप लिँदै (फोटो फिचर)

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त्यसपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

यस्तै लाठिचार्ज समेत गरेको छ । भागदौडका क्रममा तीनजना आन्दोलनकारी घाईते भएका छन् । जसमध्ये एकजना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका दिपायल सिलगढी नगरपालिका ४ का भरत बिकलाई धनगढी रेफर गरिएको छ । यस्तै केआईसिँह ७ का बृद्ध करी भण्डारी र दिपायल सिलगढी नगपालिका १ का नारायण खड्का घाइते छन् । उनीहरुको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ ।

अन्य दर्जनौ मानिसहरुलाई चोटपटक लागेको छ । हजारौको संख्यामा आएको आन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन् । अश्रुग्याँसको प्रहारपछि ब्यापक समस्या सिर्जना भएको छ । यस्तोमा पनि आन्दोलनकारीहरु अझै नाराबाजी गरेर अघि बढिरहेका छन् । स्थिती निकै तनावपूर्ण छ ।

त्यसैगरि डोटीको सदरमुकाम सिलगढीमा जिल्ला बन कार्यालय डोटीको भिआर मोटर साईकल माथी आगजनी गरेका छन् । जिल्ला बन कार्यालय डोटीको बा १ ब ७६३९ नम्बरको मोटर साइकल माथी आन्दोलन कारीले आगजनी गरेको हो ।

आज आन्दोलनकारीले दिपायलको कुलपातेमा र राजपुरमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा समेत आगजनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ