२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको आन्दोलनले उग्र रुप लिँदै (फोटो फिचर)

४ माघ २०७४, बिहीबार १३:३२

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त्यसपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

यस्तै लाठिचार्ज समेत गरेको छ । भागदौडका क्रममा तीनजना आन्दोलनकारी घाईते भएका छन् । जसमध्ये एकजना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका दिपायल सिलगढी नगरपालिका ४ का भरत बिकलाई धनगढी रेफर गरिएको छ । यस्तै केआईसिँह ७ का बृद्ध करी भण्डारी र दिपायल सिलगढी नगपालिका १ का नारायण खड्का घाइते छन् । उनीहरुको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ ।

अन्य दर्जनौ मानिसहरुलाई चोटपटक लागेको छ । हजारौको संख्यामा आएको आन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन् । अश्रुग्याँसको प्रहारपछि ब्यापक समस्या सिर्जना भएको छ । यस्तोमा पनि आन्दोलनकारीहरु अझै नाराबाजी गरेर अघि बढिरहेका छन् । स्थिती निकै तनावपूर्ण छ ।

त्यसैगरि डोटीको सदरमुकाम सिलगढीमा जिल्ला बन कार्यालय डोटीको भिआर मोटर साईकल माथी आगजनी गरेका छन् । जिल्ला बन कार्यालय डोटीको बा १ ब ७६३९ नम्बरको मोटर साइकल माथी आन्दोलन कारीले आगजनी गरेको हो ।

आज आन्दोलनकारीले दिपायलको कुलपातेमा र राजपुरमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा समेत आगजनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य