2026-09-14 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वर्षमान पुनले उद्घाटन गरे रोल्पा नगरपालिका ४ को वडा कार्यालयको नयाँ भवन

मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । 

भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेलासरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्म्विपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको उहाको भनाई छ ।

नेता वर्षमान पुनले सबैले अनुमान गरेको, उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको, निर्वाचन आयोगले समेत राष्ट्रिय सभाको निर्वाचनको लागि पनि अस्थायी केन्द्र दाङ तुलसीपुर राखिसकेको सन्दर्भमा सबैले अस्थायी केन्द्र दाङ नै हुन्छ भन्ने मानसिकता बनाइसकेका बेला आश्चर्यचकित पार्ने गरी निर्णय गरेको भन्दै त्यसको विरोध गर्नुभयो ।

संक्रमणकालीन सरकारले झनै संक्रमणकालीन निर्णय गरेको भन्दै उहाले अहिले दाङमै तोकेर पछि निर्वा्चित जनप्रतिनिधिहरुले जहाँ पायक ठान्नुहुन्छ दुईतिहाईका आधारमा त्यही लैजानसक्ने बताउनुभयो । संघीयता भनेको निकटता भएको भन्दै उहाले सरकारले संघीयताको अर्थनै नबुझेको आरोप लगाउनुभयो ।

अनन्तले आन्दोलनरत जनताले पनि यसलाई संयमतापूर्वक लिनुपर्ने बताउनुभयो । उछ्ंखल गतिविधि गर्दा जनता आफैले दुःख पाउने अवस्था हुने भएकाले आन्दोलनरत जनतालाई संयम बन्न आग्रह गर्दै अनन्तले यसलाई राजनीतिक तहबाट सुगमता र निकटता हेरेर नयाँ व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुन ‘अनन्त’ले प्रदेशसभा सदस्यहरुको दुईतिहाई बहुमतले केन्द्र तोक्ने व्यवस्था भएकाले त्यसतर्फ ख्याल गर्दै जनप्रतिनिधिहरुले जनतालाई संयमित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्यहरुले अहिले नै यसविषयमा आपसी समझदारी गरी केन्द्रका विषयमा परिपक्व धारणा बनाउन पनि उहाले आग्रह गर्नुभयो । रोल्पाको खुंग्रीमा आयोजित चतुर्भूज महोत्सवको उदघाटन गर्न अनन्त रोल्पा पुग्नुभएको हो ।

त्यसैगरी रोल्पा नगरपालिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष पुर्ण केसिले समितीले टोकेकै समयमा काम सम्पन्न गरेकाले नगरपालीका अत्यन्त खुसिभएको प्रतिकृया दिनुभयो ।

भवन उद्घाटन समारोहमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरको समेत विशिष्ट आतिथ्यता रहेको थियो । उक्त भवन रोल्पा नगरपालिकाको ६५ लाख ७५ हजारमा निर्माण भएको रोल्पा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमानसिङ थापामगरले जानकारी दिनुभयो ।

वडाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार देवि गुरुङले गर्नुभएको थियो । स्थानीयतहको निर्वाचन सम्पन्न पछि रोल्पाको पहिलो वडा कार्यालय भवन निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल, प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टाराई, जिल्ला समन्वय समितीका संयोजक राज वहादुर वुढा, जिल्ला समन्वय समिति अधिकारी सुशिल वैद्य, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ