2026-07-29 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटी: क्षेत्रिय कार्यलयमा तालाबन्दीसहित ‘हातेसाङ्लो’बाट घेराबन्दी

प्रकाश बम/माघ ५, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । 

दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा ‘हातेसाङ्लो’ बनाएर घेराबन्दी गर्दै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् । 

दिपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीहरुले क्षेत्रीय कार्यालयहरु घेराबन्दी गरेका हुन् । सरकारले जनाताको भावना बिपरीत धनगढीमा अस्थाई राजधानी तोकिएको दिन देखि आन्दोलन झन् चर्किदै गएको छ । 

आज देखि डोटीको बूडरमा पनि सडक अबरुद्ध गरीएको  सघर्ष समितीका अध्यक्ष एबं  डोटी उद्योग बाणीज्य संघका अध्यक्ष  नरेन्द्र खडकाले बताउनु भयो । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा  नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाको तराईबाट डोटी ,डडेल्धुरा बैतडी अछाम बझाङ्क बाजुरा  र दाचूर्ला आउने यात्रु अलपत्रहरु परेका छन् ।

यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीत बहादुर खड्काको नेतृत्वको आन्दोलनकारीहरुको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमूखका कार्यकक्षमा तालाबन्दी गरेको छ । 

बन्दकै बिचमा केही कर्मचारीहरु हाजिर गर्ने गरेको सूचना आएकाले तालाबन्दी गर्नुपरेको खड्काले बताउनुभयो । पत्रकारमाथि दमन झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि पनि प्रहरीले दमन गरेको छ । 

पत्रकार बसेको ठाउँमा अश्रुग्याँस प्रहार गर्नुका साथै पत्रकारमाथि लाठिचार्ज समेत गरेको हो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनी, कारोबार दैनिकका डोटी संबाददाता भूमिराज जोशी, प्रेस चौतारी डोटीका अध्यक्ष झलक पाली, अन्नपूर्ण पोष्टका संबाददाता खगेन्द्र सिँह, जनता टेलिभिजका संबाददाता रोजेन्द्र जोशी, अनलाईनखबरका संबाददाता रामहरी ओझा र अर्का पत्रकार चक्र बहादुर कठायत घाईते भएका छन् । 

जसमध्ये भूमिराज जोशी र चक्र बहादुर कठायतलाई प्रहरीले कुटपिट गरेको छ भने, अन्यलाई अश्रुग्याँस लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ