2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

राष्ट्रिय सभाको निर्वाचनलाई सहयोग गर्न आन्दोलनको स्वरुप फेरीयो

प्रकाश बम | माघ ९, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै २८ दिनदेखी दिपायलमा जारी आन्दोलनलाई आज देखि खुकलो पारीएको छ । संघर्ष समिति डोटीको आज बसेको सर्बपक्षिय बैठकले धर्ना बाहेका अन्य सम्पुर्ण कार्यहरु तत्कालका लागि स्थगित गरीएको संघर्ष समितिका सदस्य तथा होटल ब्यवसायि संघका अध्यक्ष दिपक खड्काले जानकारी दिनु भयो ।

आशन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई सहयोग गर्नका लागि निर्वाचन अबधिभर खुलागरीएको जनाएको छ । अहिले लाई जिल्ला प्रशासन कार्यालय सिलगढी र क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा दिउँसो १२ बजे देखि २ बजे सम्म धर्ना बाहेकका अन्य सबै  कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र बहादुर खड्काले बताउनुभयो । 

 ७ नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचन डोटीमै हुने र जसमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय सरकारका प्रमूख÷उपप्रमूखसंग दिपायलका पक्षमा ‘लविङ’ गर्ने रणनीति अनुसार आन्दोलनको स्वरुप फेरिएको संघर्ष समितिले जनाएको छ । सरकारले अस्थायि मुकाम धनगढी तोकेपछि राजधानिका बारेमा यति बेला यहाँका जनता आक्रोशित भएका छन् ।

सांसद भट्ट धर्नामा 

७ नम्बर को राजधानी माग गर्दै आज क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि सांसद त्रिलोचन भट्ट धर्नामा सहभागि भएका छन्  । सरकारले माघ ३ गते प्रदेशको अस्थायी मुकाम धनगढीमा तोके पछि आईतवार शपथग्रहण गरी मंगलबार दिउसो आन्दोलनकारीहरु सँगै धर्नामा बसेका हुन् ।

राजधानी दिपायल कायम गर्नका लागि आफूले कटी बद्ध भएर लागेको डोटी प्रदेश सभा ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद भट्टले जानकारी दिनु भयो ।

आन्दोनकारीले सफा गरे सडक 

सरकारले ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगढी तोकेपछि दिपायल पिपल्ला बजारमा सडक बन्द गर्नका लागि राखिएका ढुङ्गा आज आन्दोलनकारीहरुले आफै हटाएका छन् ।

आन्दोलनको स्वरुप फेरीए सँगै सडक र बजारमा दखिएको फोहरलाई समेत हटाएर सरसफाई गरेको बिद्यार्थि नेता गणेश खड्काले बताउनु भयो । राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरेर आन्दोलकारीहरुले आज पिपल्ला बजार सरसफाई गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ