2026-08-30 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश सभाको पहिलो बैठकलाई इकोको धक्का, जिल्ला समन्वय समितिको हलमा हुने पक्का

दलसिंह गिरी/माघ १२, सुर्खेत । प्रस्तावित कर्णाली प्रदेश स्तरीय  ब्यवस्थापिका संसदको बैठकका लागि तय गरिएको शैक्षिक तालिमकेन्द्र भवनमा इको बढी भएकाले पहिलो बैठक जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा बस्ने भएको छ । 

पूर्वाधार छनोट समितिले सिफारिस गरेको शैक्षिक तालिम केन्द्रको सभा हलमा तत्काल इको हटाउनुका साथै अन्य मर्मतका काम गर्न केही समय लाग्ने भएकाले प्रदेश ब्यवस्थापिका संसदको पहिलो बैठक जिल्ला समन्वय समितिको हलमा बस्ने भएको हो ।

पहिलो बैठकका लागि मात्र जिल्ला समन्वय समितिमा बस्ने दोश्रो बैठकबाट शैक्षिक तालिम केन्द्रको सभा हलमा बस्ने गरी तयारी गरिएको क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रस्तावित कर्णाली प्रदेशको मुख्यमन्त्री, सभामुख, उपसभामुख लगायत मन्त्रालयका लागि क्षेत्रीय कार्यालय हरुमा ब्यवस्थापन गर्न सरकारले बजेट समेत पठाइसकेको प्रशासनले जनाएको छ । 

प्रदेशीक सरकार संगसंगै खारेज हुने क्षत्रीय कार्यालयहरुका कर्मचारी तथा जिन्सी सामान समायोजन गर्न स्पष्ट नीति नआएकाले अलि समस्या परेको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका लागि समेत कर्मचारी नपठाएकाले स्थानीय दुई जना कर्मचारी खटाइएको समेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने