Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुकिदह गाउँपालिका प्रमुख खत्रीसंग दुईवटा नागरिकता भएको खुलासा

२०७४, १३ माघ शनिबार ११:२५

माघ १३, काठमाण्डौँ । सुकिदह गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ । 

स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि, यो कुरा एकाएक बाहिर आएको हो ।

स्थानीय पुनले दिएको उजुरीमा भनिएको छ ‘बिर बहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पामा किर्ते कागजात पेश गरेर अर्काको नामबाट नागरिकता लिएका छन’ ।

उजुरी कर्ता हरि बहादुर पुनले पेश गरेको उजुरीका आधारमा पठु खत्रीका पाँच भाई छोराहरु हुन । भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी हुन । बिर बहादुर (साईला) को ०४० सालमा मृत्यु भयो । भाईको मृत्यु पच्यात भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्यातमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको तथ्य खुलेको छ ।

सामान्यता एक ब्यक्तिको एउटै नागरिकता हुन्छ । तर बिर बहादुर (भिउदे)ले भाईको नामबाट समेत नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालयको रेकड अनुसार २ बटा नाममा २ बटा नागरिकता लिएको पाईएको छ ।

उनले भिउदे खत्रीको नामबाट ०४२ मंसिर १० गते, ३८९२ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय रोल्पाबाट प्राप्त गरेका छन । सो नागरिकतामा उनको जन्ममिति २०४४ साउन १४ गते उल्लेख रहेको छ ।

हालका बिर बहादुर अर्थात भिउदेले मृत्यु भएका साईला भाई बिर बहादुरको नामबाट २०४६ साल बैशाख १५ गते बिर बहादुर खत्रीको नाममा २०२७ साल भदौँ १ गतेको जन्ममिति राखेर १८६ नंम्बरको नागरिकताको प्रमाण पत्र टोली मार्फत लिएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ