2026-09-15 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका बलियो उम्मेद्वार अक्कल

माघ १४, प्रदेश ७ | हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लगत्तै अब देश्ले नया काचुली फेर्ने समय सुरु भएको छ । सम्बिधानमा उल्लेख भए अनुसार स्थानिय तह लगायत प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि शान्तिपुर्ण तरिकाले सकिएको छ । 

स्थानिय तहको चुनावमा एक्लै चुनाव लडेको नेकपा (एमाले) पहिलो हुन सफल भयो जुन बेला नेपाली काङ्रेस र नेकपा (माओवादि केन्द्र) गठबन्धनमा थिए तर त्यो अवस्था पछि सङै हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्म कायम रहन सकेन । नेकपा नेकपा (एमाले र नेकपा (माओवादि केन्द्र) दुबै कम्युनिस्ट पार्टी एक भएर उक्त चुनावमा होमिए र पहिलो समेत भए । ६०/४० को भागबण्डा र सहमतिको सरकार बनाउने सहमती गरेर चुनावमा लागेको बामगठबन्धनका पार्टीहरु पहिलो भैसकेको पछि अहिल प्रदेश र केन्द्रको सरकार निर्माणको प्रक्रियामा रातदिन ब्यस्त छ्न । सात वटै प्रदेशमा अब मुख्यमन्त्रीको चर्चा सुरु भैसकेको छ । प्रतिनिधि र प्रदेश सभाको चुनावको नतिजा हेर्दा ७ नम्बर प्रदेशमा पनि बामगठबन्धनको बहुमत छ । त्यसै आधारमा ७ नम्बर प्रदेशमा पनि बामगठबन्धनकै सरकार बन्ने देखिन्छ तर बामगठबन्धनबाट पनि कुन पार्टीको सरकार बन्ने अझै आनाकानी गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र यो बहसको बिशयबस्तु बनेको छ । 

प्रदेश नम्बर ६ र ४ मा नेकपा (माओवादी केन्द्र) ले सरकार बनाउन पाउने चुनावी नतिजाले स्पष्ट पारिदिएको छ । देशमै बहुमत ल्याएर अगाडी रहेको बामगठबन्धनले प्रदेश नम्बर २ भने गुमाएकै छ । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमले गठबन्धन गरेर सरकार बन्नेछ भने त्यस बाहेकका अरु प्रदेशमा भने बामगठबन्धनको बज्रस्व छ । प्रदेश नम्बर १, ३, ५ र ७ मा नेकपा (एमाले)ले सरकार बनाउने छट्काट भए पनि प्रदेश नम्बर ४ छाडेर ७ मा आफ्नो सरकार बनाउन नेकपा (माओवादी केन्द्र) पनि लचिलो बनेको छ । यदि प्रदेश नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)ले सरकार बनाउने जिम्मा पायो भने सरकारको मुख्यमन्त्री को भनेर प्रश्न उठ्नु भन्दा पहिले नै यहाँका नेकपा (माओवादी केन्द्र)का स्थानिय र केन्द्रिय नेताहरुले मुख्यमन्त्रीको उम्मेद्वार चुनिसकेका छ्न अक्कल रावल । जो नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुन ।

उनि सुर्खेतको जेलबाट हतकडी सहित भागेर जनयुद्धमा सहभागी हुँदै अखिल क्रान्तिकारीको सुर्खेत जिल्लाको अध्यक्ष र नेकपा (माओवादी केन्द्र) अछामको सेक्रेटरी समेत भइसकेका ब्यक्ती हुन । र उनलाई नेकपा (माओवादी केन्द्र) भित्रका अरु नेताहरु सङ दाज्ने हो भने उनी बराबरको क्षमता अरु कसैमा नभएको उनका अरु सहपाठीहरु बताउछन् । दस बर्षे जनयुद्धको क्रममा अछामलाई सेती–महाकाली ब्यूरोको मुख्य क्षेत्र घोषणा गरिएको बेला अछामलाई नै आधार बनाएर सेती महाकालीको धेरै फौजी कारवाही पनि भएका थिए । त्यही बेला नै अछामले भौतिक शक्तिदेखि सबै आवश्यकतालाई पुर्ति समेत गरेका थियो । त्यसै जिल्लाको पहिलो जनसरकार प्रमुख अक्कल रावल नै निर्वाचित भएका थिए । उनले जनसरकारको पहिलो अभ्यास महसुस गरे पनि कुशलतापूर्वक कार्यसम्पादन गरेका नेता तथा उनकै नजिकका स्थानियहरु खुलेरै बताउछन् ।

प्रदेश नम्बर ७ नेकपा (माओवादी केन्द्र)को हातमा परे मुख्यमन्त्रीका लागि पहिलो नम्बरमा झुझारु, निडर, अनुभवी र बिश्वासी अक्कल रावलको नाम अग्रपंक्तिमा राख्नुपर्ने नेताहरुको दाबी छ ।  उनी मात्र एकल उम्मेद्वार त हुने छैनन उनका अलवा अरु पनि नेकपा (माओवादी केन्द्र) बाटै ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आकान्क्षी पनि छ्न तर अरु आकान्क्षी भन्दा रावल अझै माथी भएको केही बिशिस्ट ब्यक्तिहरुको समेत बुझाई छ । दुख कस्ट गरेर अगाडी लम्किएका रावलको राजनितिक योगदान बराबर अरुको योगदान हुन नसक्ने केहिको बुझाई छ । रावल आफैलाई आफैमा कुनै घमण्ड समेत छैन ।

प्रदेश नम्बर ७ को प्रत्यक्ष तर्फका जम्मा ३२ सिटमा नेकपा (माओवादी केन्द्र)ले कैलाली ३ (क) बाट वीरमान चौधरी, कैलाली क्षेत्र नम्बर २ को (ख) बाट नन्दबहादुर साउद, अछाम क्षेत्र नम्बर १ को (ख) बाट झपट बोहरा, अछाम क्षेत्र नम्बर २ को (क) बाट अक्कलबहादुर रावल, एउटै क्षेत्र भएको डोटी (ख) बाट त्रिलोचन भट्ट, एउटै क्षेत्र भएको बैतडी (क) बाट प्रेमप्रकाश भट्ट, एउटै क्षेत्र भएको दार्चुलाको (ख) बाट मानबहादुर धामी र एउटै क्षेत्र भएको बझाङ (ख) बाट देवकी मल्लसहित माओवादी केन्द्रले १० सिट जित हासिल पारेको छ । – यज्ञराज उपाध्यायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ