१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रादेशिक राजधानी धनकुटा बनाउन पहल गरिने

१४ माघ २०७४, आईतवार ०९:१७

माघ १४, काठमाडौँ | विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन आआफ्नातर्फबाट सहजीकरण र सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले सबै किसिमले उपयुक्त रहेको धनकुटालाई प्रदेश नं १ राजधानी बनाउन कुनै कसूर बाँकी नराखी सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

धनकुटा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाइने आधारपत्र प्रस्तुत गर्नुभएको थियो । 

उहाँहरुले आन्दोलन भइरहेको क्षेत्र धनकुटामै वार्ता गर्नुपर्ने, त्यहाँको भौतिक संरचनाबारे अध्ययन गर्न प्रतिनिधिमण्डल पुनः पठाउनुपर्ने, आन्दोलनबाट भएको क्षति सरकारले व्यहोनुपर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग प्रस्तुत गर्नुभएको थियो । 

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता गीता खेवा लिम्बूलगायतले धनकुटालाई स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार