२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रादेशिक राजधानी धनकुटा बनाउन पहल गरिने

२०७४, १४ माघ आईतवार ०९:१७

माघ १४, काठमाडौँ | विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन आआफ्नातर्फबाट सहजीकरण र सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले सबै किसिमले उपयुक्त रहेको धनकुटालाई प्रदेश नं १ राजधानी बनाउन कुनै कसूर बाँकी नराखी सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

धनकुटा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाइने आधारपत्र प्रस्तुत गर्नुभएको थियो । 

उहाँहरुले आन्दोलन भइरहेको क्षेत्र धनकुटामै वार्ता गर्नुपर्ने, त्यहाँको भौतिक संरचनाबारे अध्ययन गर्न प्रतिनिधिमण्डल पुनः पठाउनुपर्ने, आन्दोलनबाट भएको क्षति सरकारले व्यहोनुपर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग प्रस्तुत गर्नुभएको थियो । 

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता गीता खेवा लिम्बूलगायतले धनकुटालाई स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित