2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका ‘सांसद’ धर्नामा, ३४ दिन देखि आन्दोलन जारी

प्रकाश बम | माघ १५, डोटी | ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दै डोटीमा ३४ दिन देखि आन्दोलन चलिरहेको छ । अहिले क्षेत्रिय प्रसासन राजपुर अगाडी र जिल्ला प्रसान कार्यालय अगाडी धर्नाका कार्यक्रम भने निरन्तर चलिरहेका छन् ।

धर्ना कार्यक्रममा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरत बहादुर खड्का, प्रदेश सभा ‘ख’बाट निर्वाचित सांसद त्रिलोचन भट्ट र सांसद पुर्णा जोशि आन्दोलनकारीहरु सँग सहमति जनाएर अहिले धर्नामा बसिरहेका छन् ।


७ नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचन डोटीमै हुने भएकाले निर्वाचनलाइ सहयोग गर्न संघर्ष समितिले धर्ना बाहेकका अन्य आन्दोलनका कार्य फिर्ता लिएको थियो । राष्ट्रिय सभामा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय सरकारका प्रमूख/उपप्रमूखसंग दिपायलका पक्षमा ‘लविङ’ भईरहेको संघर्ष समिति डोटीका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।

अस्थायी मुकाम धनगढी तोकेपछि मुख्य मन्त्रि पहाडमा दिने तयारी भैरहेको स्रोतले बताएको छ । मुख्य मन्त्रिका लागि अहिले सांसद त्रिलोचन भट्ट, बिरमान चौधरी, झपड बोहरा र मान सिँ धामिको नाम चर्चामा रहेको छ ।

उता सरकारले माघ ३ गते ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगगढी तोके सँगै प्रदेशको कार्य संचालन गरीरहेको छ । माघ २१ गते हुने पहिलो प्रदेश सभाको बैठकको लागि यति बेला भवन निर्माण लगाएतका कामले तिब्रता पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै