३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति बहुमुखी क्याम्पसको प्रथम जेएमसी टी–२० कप २०७४ शुरु

१७ माघ २०७४, बुधबार ०१:४१

भास्कर के.सी | माघ १७, कञ्चनपुर | जनज्योति बहुमुखी क्याम्पसले प्रथम पटक आयोजना गरेको जेएमसी टी–२० कप २०७४ क्रिकेट मंगलबार देखि कञ्चनपुरको कवड हलमा शुरु भएको छ ।  शहीद दिवस को अवसर पारेर गरिएको प्रतियोगितामा क्याम्पसका निमित्त अध्यक्ष माधव प्रसाद जोशीको सभापतित्वमा, प्रतिनीधी सभा सद्स्य र्निवाचन क्षेत्र नम्वर २  का र्निवाचित सासंद नर वहादुर धामीको प्रमुख आतिथ्वमा  कार्यक्रमको उद्दघाटन भएको हो, कार्यक्रममा स्वागत मन्त्वय क्याम्पस प्रमुख भोलानाथ शर्माले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन प्राध्यापक लोकेन्द्र सिह धामीले गर्नु भएको थियो  । 

 प्रमुख अतिथीले शहिद लाई सर्दनाजली अभिव्यक्त दिदै जनज्योती  क्याम्पस ले शिक्षा लाइ मात्र प्राथमीकता नदिएर खेलमा चासो देखाएको भन्दै सासंद धामी ले धन्वाद ज्ञापन गर्नु भएको थियो । धामीले  भन्नुभयो हामीले शिक्षा मात्रै जोड नदिएर खेल लाई पनी सँगै लिनु पर्ने र म सरकार समक्ष पनी निवेदन गरी समस्त खेल क्षेत्रलाई नै राम्रो वनाउनेमा जोड दिनुभयो । उक्त कफ मा आर्दश विद्या निकेतन, रेडियेन्ट माध्यमिक विद्यालय, सुदूर पश्चिम विश्वविद्यालय, शिद्धनाथ विज्ञान क्याम्पस, जनज्योति बहुमुखि क्याम्पस ए र बी, मोर्निङ्ग ग्लोरी, व्रिक्सटन कलेज, सनराइज माध्यमिक विद्यालय वेष्ट्रन माध्यमिक विद्यालय, लिटिल वुद्ध एकेडेमि, र एमेटी  गरी १२ क्याम्पस को सहभागीता रहेको छ ।


उद्दघाटनको पहिलो दिन मंगलबार भएको खेलमा आर्दश ले १४२ रन बनाउन सफल भएको थियो त्यसैगरी जनज्योती बहुमुखी क्याम्पस ए ले १०५ रन  बनउन सफल भए पनि ३७ रनले आर्दशविद्या निकेतनले अग्रता लिई मंगलबारको खेलमा  विजयी हुन सफल भएको छ । मंगलबार खेलिएको खेलमा आर्दश विद्या निकेतनका विद्यार्थी विजय भट्ट उत्कृष्ट खेलाडी घोषीत भएका छन् । खेल मंगलबार देखी शुरू भई २६ गते समाप्न हुने छ । जसमा प्रथम हुने टिम लाई रू ५१ हजार र द्वितिय लाइ रु ३१ हजार प्रदान गरिने भएको छ । आज १२:३० वजे खेल सुरू भई उक्त खेल सनराईज र रेडिएन्ट बिचमा हुने आयोजक ले जानकारी दिनु भएको छ । 

वि.स २०५८ मा स्थापित यस संस्थाले आज निजी लगानीमा सुदूर पश्चिममा शैक्षिक क्षेत्रमा अग्रणी स्थान ओगटन सफल भएको छ । आज यस संस्थाले समयको माग अनुसार यस क्षेत्रका सर्वसाधारण जनताहरुलाई उच्च शिक्षा प्रदान गर्दै दक्ष जन शक्ति उत्पादन गरी देश विकासमा ठुलो टेवा पुर्याउदै आइरहेको छ । यस संस्थाले यसैपालि त्रिभुवन विश्वविद्यालय अन्तर्गत विएस डब्लुको स्वीकृत प्राप्त गरी पठन पाठन समेत सुचारु भै रहेको अवस्था छ । यसै गरी स्नातक तहमा वि.एड. साइन्स, पत्रकारिता, राजनैतिक शास्त्रका साथै स्नातकोत्तर तहमा एम.वि.एसको स्वीकृत प्रदान गरी सकेको छ । यसैगरी अहिलेको समय सपेक्ष अनुसारको शिक्षा प्रदान गर्ने उद्देश्यले सिटिइभिटि र टियु बाट अन्य थुप्रै विषयहरु लाउने प्रक्रिया पनि थालनि गरिसकेको अवस्था रहेको जन ज्योति क्याम्पसका साहयक क्याम्पस प्रमुख विरेन्द्र सिंह साउदले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली