१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा फरक नागरिकता भएको भन्दै प्रशासनमा उजुरी

१७ माघ २०७४, बुधबार १४:२१

माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो ।  


अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताउनुभयो । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको उल्लेख गरिएको छ ।

अध्यक्ष खत्रीले भिउदे नामबाट २०४२ मंसिर १० गते ३८९२ नम्बरको नागरिकता र मृत्यु भएका भाई बिर बहादुरको नामबाट २०४६ बैशाख १५ गते १८६ नम्बरको नागरिकता लिएको पुनद्धारा पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ । 

अध्यक्ष खत्री नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह