2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीको बिषयमा माओवादी प्रदेश–७ मा चर्को बिबाद, यस्तो भन्छन शिर्ष नेताहरु

लोकेन्द्र प्रशाद जोशी | माघ २१, दार्चुला । नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर–७ मा मुख्यमन्त्री छनौटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री पाएको माओवादी प्रदेश ७ का शीर्ष नेताहरुले नै सिफारीसको बिषयमा फरक फरक प्रतिक्रिर्या दिएका छन ।

पार्टीको प्रदेश कमिटीले एकलौटी निर्णय गरेर प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको भन्दै विवाद उत्पन्न भएको हो । प्रदेश–७ मा मुख्यमन्त्रीको दाबी गर्दै आएका दार्चुला ‘ख’ बाट निर्वाचित मानबहादुर धामी सन्तोषले केन्द्रबाट तिन जनाको नाम मागेपनि प्रदेशका नेताहरुले सहमति बिना एक जनाको नाम मात्र सिफारीस गर्नु बिडम्बनापुर्ण भएको बताउँदै संसदीय दलको नेताका लागि पार्टीभित्र उम्मेदवारी दिने बताउँनुभयो । उहाँहरुले संगठनको मूल्यमान्यता र विधिविधान विपरित निर्णय गर्नु ठिक छैन, यसमा आफ्नो आपत्ति छ, धामीले भन्नुभयो, निश्चित रुपमा आफुले संसदिय दलको नेताकालागी उम्मेदबारी दिन्छु । मुख्य मन्त्रीका प्रबल दाबेदार मानिएका कैलालिका बिरमान चौधरीले समेत आफुलाइ समर्थन गर्ने बताइसकेको धामीको दाबी छ ।

माओवादी केन्द्रका प्रदेश–७ इञ्चार्ज लेखराज भट्टले भने आफूहरुले सबै जिल्लाका इञ्चार्ज र संयोजकसँग छलफल गरेर निर्णय गरेको बताउँनुभयो । मानबहादुर धामीपनि दार्चुला जिल्लाका इन्चार्ज हैनन र ? उहाँलाइ त जानकारी गराउँनुभएनछ त ? भन्ने हाम्रो प्रश्नमा भट्टले रेडिमेट जवाफ दिदै, उहाँलाइ जानकारी भयो भन्न सक्ने कुरा भएन, त्यस्तै कुरा अरुले पनि भन्ला, यो त आन्तरीक कुरा हो, उनि मिडियामा किन गए भन्ने उनैले जानुनु, पार्टी बिधि पद्धति त्यो हैन । हाम्रो आन्तरीक पार्टी कमिटिमा जनबादी केन्द्रीयताको आधारमा निर्णय हुन्छ, त्यही लोकतान्त्रीक पद्धति हो निर्बाचन हुदैन भट्टले भन्नुभयो ।

यता प्रदेश संयोजक लक्ष्मी जोशीले भने भट्टसंगै ४ जना अरु नेताहरुको समेत नाम केन्द्रमा पठाएको फरक जवाफ दिनुभएको छ । त्रिलोचन भट्टलाई पार्टीको प्रदेश समितिले शुक्रबार मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको थियो । तर संयोजक जोशीले भट्ट सहित मान बहादुर धामी, बिरमान चौधरी र झपट बोहरालाइ समेत सिफारीस गरेर पठाएको जिकिर गर्नुभयो । त्रिलोचन जि प्रार्थमिकतामा राखेर सिफारीस भएका हुन, अरु सार्थीहरुको समेत सिफारीस गरीएको छ, बाकी निर्णय केन्द्रीय किमिटिले गर्छ । निर्बाचन हुदैन, पार्टीको निर्णय सबैले मान्नुपर्छ जोशीले भन्नुभयो ।  यसअघि धामी र चौधरीको नाम मुख्य चर्चामा रहेपनि भट्ट सिफारीस भएको भन्दै प्रदेश कमिटिमा चर्को बिबाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ